२०८२, २४ कार्तिक आईतबार

लहानको दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध

लहानको दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध


लहान, १९ कात्तिक :यहाँस्थित दुई वटा सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै सिरहाका जनप्रतिनिधि तथा राजनीतिक दलले विरोध गरेका छन् । प्रदेश नं २ सरकारको निर्देशनमा यहाँस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्यत्र सार्न खोजेको भन्दै विरोध गरिएको हो । जलस्रोत तथा सिँचाइ कार्यालय सदरमुकाम र खानेपानी तथा सरसफाइ कार्यालय राजविराज सार्न लागिएको भन्दै नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले दुवै कार्यालयमा तालाबन्दी गरेका छन् ।

नगर सभापति सुनीलकुमार महतोको नेतृत्वमा गएका नेता कार्यकर्ताले जलस्रोत डिभिजन प्रमुखको कार्यकक्ष, योजना शाखा, प्रशासन फाँट तथा खानेपानी डिभिजन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । लहान नगर कार्यपालिकाको बैठकबाट कार्यालय अन्यत्र सार्न नदिने निर्णयसमेत गरिएको छ । सिँचाइ कार्यालयको समान बाहिर नलैजान भन्दै उक्त कार्यालयमा नगरपालिकाको तर्फबाट सूचना टाँस गरिएको प्रमुख मुनी साहले जानकारी दिनुभयो ।

सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवलेसमेत सो विरोध कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । सिँचाइ डिभिजन कार्यालयका प्रमुख श्यामनन्दन यादवले प्रदेश सरकारको निर्णयानुसार सार्न लागिएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ५१ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।