२०८२, १४ कार्तिक बिहीबार

महानगर प्रमुख दाहाल सरसफाइ अभियानमा

महानगर प्रमुख दाहाल सरसफाइ अभियानमा


चितवन, १९ कात्तिक : भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुट्नु भएको छ । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको नेतृत्वमा सरसफाइ गरिँदै आएको छ । आज बिहान पनि प्रमुख दाहाल स्वयं सरसफाइमा सरिक हुनुभइ नगरवासीलाई सन्देश प्रवाह गर्नु भएको छ । आज नगरपालिका ढोकादेखि शहीदचोकसम्म सरसफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाइका क्षेत्रमा काम गरिरहेका अभियानकर्मीको उपस्थिति थियो । महानगरपालिकाले विभिन्न सरसफाइका क्षेत्रमा काम गरिरहेका संस्था, नागरिक अगुवाको सहयोगमा यो अभियानलाई साप्ताहिकरुपमा हरेक सोमबार गर्दै जाने जनाएको छ ।

महानगर प्रमुख दाहालले बजार क्षेत्रमा गरिएको सरसफाइसँगै व्यवसायीलाई अभियानका बारेमा जानकारी दिइएको बताउनुभयो । “फोहर गर्ने व्यवसायीलाई खबरदारी गरेका छौँ”, दाहालले भन्नुभयो, “जनसमुदाय तथा व्यवसायीलाई आफ्नो फोहर नगर्न अपिल गरेका छौँ । आग्रह नमान्ने, अटेर गर्नेलाई प्रचलित कानूनअनुसार कारवाही गरिने छ ।” महानगरमा दैनिक ६५ टन फोहर सङ्कलन हुँदै आएको छ । महानगरको वातावरण शाखा प्रमुख इञ्जीनियर विराट घिमिरेले मुख्य शहरी क्षेत्रमा मात्रै ४० टनभन्दा बढी फोहर सङ्कलन हुने गरेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : ३४ बजे

प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय बैठक, राजनीतिक दल र जेनजी समूह सहभागी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज १४१.५३ पुगेको छ

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ लगातार वृद्धिदेखि चर्चा

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र