२०८३, ३० असार बुधबार

तपाई धर्मप्रति आस्था राख्नुहुन्छ ? घरमा राख्नुहोस् यी पाँच मूर्तिहरु मिल्नेछ खुशी र सुख

तपाई धर्मप्रति आस्था राख्नुहुन्छ ? घरमा राख्नुहोस् यी पाँच मूर्तिहरु मिल्नेछ खुशी र सुख


संसारका हरेक देशमा बसोबास गर्ने व्यक्तिहरुले विभिन्न धर्म मध्य कुनै एउटा धर्ममा आस्था राख्ने गर्छन। सबैले आफ्नो धर्म अनुसार भगवानको पूजा आराधना गर्ने गर्छन। मान्छेहरु आफ्नो घरमा विभिन्न भगवानको मुर्ति राखी पूजा गर्छन।
खुशी
यसरि भगवानमा आस्था राखी पूजा गर्दा भगवान प्रसन्न भई आफ्नो पूजा गर्ने व्यक्तिलाई आशिक दिने गर्नुहुन्छ। यसरी सधैँजसो पूजा आराधना गर्ने बेलामा आफूले चिताएका चिताएका कुराहरु मनमनै सम्झिंदा आफ्ना इच्छा चहाना पुरा हुँदै जाने विश्वास रहिआएको छ।
हिन्दु धर्मशास्त्र अनुसार,हरेक घरमा कुनै ५ देव देवीको मूर्ति राखी पूजा गर्नुपर्ने नियम रहेको छ। यसरी पाँचै भगवानको मूर्ति राखी पूजा गर्ने विधिलाई पंचायतन भन्ने गरिन्छ।

सनातन धर्म अनुसार पंचायतन पूजालाई सर्वश्रेष्ठ मान्ने गरिन्छ। गणेश,विष्णु,शिव,दुर्गा र सुर्य,यी ५ देवहरुलाई घरमा राखी नियमित रुपमा पूजा गर्नुपर्छ। प्रत्येक घरको पूजास्थानमा यी पाँचै देवहरुको प्रतिमा राख्न जरुरि हुन्छ। यी पाँचै देवहरुको आ-आफ्नो स्थानमा यिनीहरुको ईष्ट देव अनुसार सिंहासन खडा गर्न आवश्यक हुन्छ। आउनुहोस आज हामी तपाईहरुलाई कुन पंचायतन सिंहासनमा कसरी राख्नुपर्छ भन्ने विषयमा बताउनेछौँ।

१. गणेश पंचायतन :  यदि तपाईको ईष्ट गणेश भगवान हो भने आफ्नो पूजा स्थानमा गणेश पंचायतन स्थापना गर्नुपर्छ।
यसका लागि तपाईले उत्तरमा विष्णु ,दक्षिणमा शिव,मध्य भागमा गणेश पश्चिममा सुर्य देवता र उत्तर पश्चिममा देवी स्थापना गर्नु पर्दछ।
२. शिव पंचायतन : यदि तपाईको ईष्ट शिव भगवान हुनुहुन्छ भने तपाईले आफ्नो पूजा स्थानमा शिव पंचायतन स्थापना गर्न आवश्यक हुन्छ।
यसका लागि, तपाईंको सिंहासनको उत्तरपूर्वमा विष्णु, दक्षिणपूर्वमा सूर्य, मध्यमा शिव, गणेश दक्षिणपश्चिमा गणेश र उत्तरपश्चिमको भागमा देवी स्थापना गर्नुपर्दछ।
३ .विष्णु पंचायतन  : यदि तपाईको ईष्ट विष्णु भगवान हुनुहुन्छ भने आफ्नो पूजा स्थानमा विष्णु पंचायतन स्थापना गर्नुपर्ने हुन्छ।
यसका लागि तपाईको सिंहासनको उत्तरपूर्वमा शिव, दक्षिणपूर्वमा गणेश, मध्यमा बिष्णु, र दक्षिणपश्चिमा सुर्य र उत्तरपश्चिमको भागमा देवी स्थापना गर्नुपर्दछ।
४. दुर्गा देवी पंचायतन : यदि तपाईको ईष्ट देवी हुन् भने तपाईले आफ्नो पूजास्थानमा देवी पंचायतन स्थापना गर्नुहोला।
यसका लागि तपाईको सिंहासनको उत्तरपूर्वमा विष्णु, दक्षिणपूर्वमा शिव, मध्यमा दुर्गा, र दक्षिणपश्चिमा गणेश र उत्तरपश्चिमको भागमा सुर्य स्थापना गर्नुपर्दछ।
५. सूर्य पंचायतन  : यदि तपाईको ईष्ट सुर्य भगवान हो भने तपाईले आफ्नो पूजा स्थानमा सूर्य पंचायतन स्थापना गर्न आवश्यक हुन्छ।
यसका लागि तपाईको सिंहासनको उत्तरपूर्वमा शिव, दक्षिणपूर्वमा गणेश, मध्यमा सुर्य, र दक्षिणपश्चिमा विष्णु र उत्तरपश्चिमको भागमा दुर्गा स्थापना गर्नुपर्दछ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ६ : ०५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै