२०८२, १४ माघ बुधबार

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन– प्रमुख आयुक्त घिमिरे

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन– प्रमुख आयुक्त घिमिरे


नेपालगञ्ज, १७ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले कानून निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट र भ्रष्टाचारबाट उन्मुक्ति पाउने छुट कसैलाई नहुने बताउनुभयो ।

प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारबाटै सर्वसाधारणमा सरकारप्रतिको विश्वास बढ्ने बताउँदै प्रदेश र स्थानीय सरकार तथा राष्ट्रसेवक कर्मचारी सबैले प्राप्त उपलब्धिको संस्थागत विकास र संरक्षणमा इमान्दारीपूर्वक सक्रिय भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार रु पाँच करोड २८ लाख ४५ हजारको लागतमा उक्त सम्पर्क कार्यालयको प्रशासनिक र सुरक्षा भवनको निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ९ : ३० बजे

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,