२०८२, २४ माघ शनिबार

वैदेशिक रोजगारीमा गुमाएका ज्यान परिवारलाई डेढ अर्ब भुक्तानी

वैदेशिक रोजगारीमा गुमाएका ज्यान परिवारलाई डेढ अर्ब भुक्तानी


काठमाडौँ १७ कार्तिक : वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण रेमिट्यान्स का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड शनिबारदेखि दशौँ वर्षमा प्रवेश गरेको छ ।

रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र कल्याणकारी कोषको रकम गरी रु डेढ अर्ब आर्थिक सहायता उपलब्ध गराएको छ ।

रोजगारदाता कम्पनी र वैदेशिक रोजगार व्यवसायीका बेइमानीका कारण विदेशमा श्रम बेच्न गएका नेपालीले धेरै हण्डर र ठक्कर खाएको सन्दर्भमा कानूनी रुपमा नै वैदेशिक रोजगारीमा जाने प्रणाली प्रवद्र्धन गर्न स्थापना भएको बोर्ड अनेकौ आरोहअवरोह पार गर्दै विदेशिएका श्रमिकको हकहित प्रवद्र्धनमा अहिलेको अवस्थामा पुगेको छ ।

रोजगारीको खोजीमा भौतारिँदै देश छाड्न बाध्य युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको अवस्थामा प्रवद्र्धनात्मक, समन्वयात्मक÷सहयोगात्मक र सुरक्षात्मक उपायको अवलम्बन गरी वैदेशिक रोजगारमा जाने कामदारको हित प्रवद्र्धन र यस क्षेत्रमा संलग्न सबै व्यवसायीलाई जिम्मेवार बनाउन जरुरी रहेको छ ।

बोर्डले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै वैदेशिक रोजगारमा गएका कामदार र तीनका परिवारको हकहित संरक्षण, सीप अभिवृद्धि, पुनः एकीकरण जस्ता कल्याणकारी कार्य गर्दै आएको छ । रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका छ हजार ७९० र बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ व्यक्तिको परिवारलाई गत भदौसम्म रु एक अर्ब ५६ करोड ७७ लाख ९४ हजार आर्थिक सहायता उलब्ध गराइएको बोर्डले जनाएको छ ।

आव २०६७/६८ देखि २०७४/७५ सम्म विभिन्न देशमा पाँच हजार ८३२ कामदारको मृत्यु तथा ७८७ कामदार अङ्गभङ्ग तथा गम्भीर बिरामी परेको तथ्याङ्क छ । सो अवधिमा मलेसियामा दुई हजार १२५ पुरुष र २७ महिला गरी दुई हजार १५२ नेपाली कामदारको मृत्यु भएको बोर्डले जनाएको छ ।

यसैगरी साउदी अरेबियामा एक हजार ६३४ पुरुष र तीन महिला, कतारमा एक हजार १९१ पुरुष र आठ महिला, युएईमा ४५६ पुरुष र २९ महिला, कुवेतमा १४९ पुरुष र ३७ महिला, बहराइनमा ७५ पुरुष र दुई महिला, दक्षिण कोरियामा ७४ पुरुष, लेबनानमा चार पुरुष र १६ महिला तथा श्रीलङ्कामा दुई पुरुषको रोजगारीका क्रममा मृत्यु भएको थियो ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका एक हजार २०२ जनालाई सहायता प्रदान गरेको छ । कामदारको मृत्यु तथा अङ्गभङ्ग हुँदा प्रदान गरिने आर्थिक सहायता र उपचार खर्च रु एक लाख ५० हजारबाट वृद्धि गरी रु सात लाख पु¥याइएको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न गन्तव्य मुलुकमा अलपत्र परेका १०५ जनाको उद्धार गरिएको, २०६ वटा शव झिकाएको, एक हजार तीन शव ढुवानी गरिएको बोर्डले जनाएको छ । पीडित कामदार र तीनका आफन्तलाई प्रदान गरिने सहायता निवेदन दिएको दिनमा उपलब्ध गराउने, कामदारको उद्धार तथा सहयोगका लागि बोर्ड सचिवालयमा अलगै कक्षको व्यवस्था गरी शीघ्र उद्धारको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा बोर्डबाट रु ५० हजार औषधोपचार खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो । कामदारको वैदेशिक रोजगागर जीवन बीमा वृद्धि गरी रु १५ लाख पु¥याइएको, वैदेशिक रोजगारीमा हुँदा नेपाली कामदारलाई लाग्न सक्ने १५ प्रकारका रोगको उपचारका लागि रु पाँच लाखको स्वास्थ्य उपचार बीमाको व्यवस्था मिलाएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “बोर्ड स्थापनादेखि बीमामा लाग्दै आएको बीमा मृत्यु कर हटाइएको छ, विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीलाई निःशुल्क कानूनी प्रतिरक्षाका लागि सहयोग प्रदान गर्न निर्देशिका जारी गरिएको छ ।”

बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग भएका कामदारको परिवारलाई सहयताका लागि विभिन्न काल्याणकारी कार्य गर्दै आएको छ । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले शैक्षिक वर्ष २०७३ देखि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी परेका तथा अङ्गभङ्ग भएका कामदारका सन्ततिलाई विद्यालय तहसम्मको शिक्षामा सहयोग पु¥याउन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । हालसम्म एक हजार २५५ छात्रछात्राले छात्रवृत्ति सहयोग प्राप्त गरेका छन् ।

बोर्डले मृतक कामदारका कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकालाई वार्षिक रुपमा रु आठ हजार र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकालाई रु १२ हजार छात्रवृत्ति प्रदान गर्दै आएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका कामदारका परिवारका सदस्यलाई तीनवर्षे र एकवर्षे पूर्ण निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिने उहाँले बताउनुभयो । बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका लाग दिइने अभिमुखीकरण तालीमका लागि पाठ्यक्रम परिमार्जनका लागि समिति गठन गरेको छ ।

कल्याणकारी कोषमा साढे चार अर्ब सञ्चित

कामदारलाई विपद् पर्दा तथा रोजगारीका लागि अभिमुखीकरण दिनका लागि भनेर बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन गर्दै आएको छ । आव २०७४÷७५ सम्म उक्त कोषमा रु चार अर्ब ५० करोड सञ्चित भएको छ ।

चालु आवको अन्त्यसम्म कोषमा रु पाँच अर्ब ७८ करोड ५० लाख रकम सङ्कलन हुने बोर्डको अनुमान छ । बोर्डले आव २०७५÷७६ मा रु एक अर्ब २८ करोड ५० लाख आम्दानी र रु एक अर्ब २३ करोड ७५ लाख ५० हजार खर्च हुने प्रक्षेपण गरेको छ ।

बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा परिवारलाई आर्थिक सहयोग, विदेशमा अलपत्र परेको अवस्थामा उद्धार, मृतक कामदारको शव स्वदेश ल्याउन, वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालीम प्रदान गर्न कल्याणकारी कोषमा सञ्चित रकमबाट सहयोग गर्दै आएको छ ।
–अशोक घिमिरे

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ५ : ०९ बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय