२०८३, १९ आश्विन मंगलबार

विश्व आदिवासी दिवस औपचारिक उत्सवमा सीमित नहोस् : महासचिव शंकर पोखरेल

विश्व आदिवासी दिवस औपचारिक उत्सवमा सीमित नहोस् : महासचिव शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान, अधिकार, भाषा, संस्कृति र सामाजिक न्यायको संरक्षणका लागि नयाँ सङ्कल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पोखरेलले नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको प्राकृतिक विविधतासँगै सांस्कृतिक, भाषिक र सामाजिक विविधताको मुख्य आधार आदिवासी जनजातिको मौलिक संस्कृति, जीवनशैली, रैथाने ज्ञान र सभ्यता रहेको उल्लेख गरेका छन्। हिमाल, पहाडदेखि तराईसम्म फैलिएका सूचीकृत आदिवासी समुदायको योगदानबिना समृद्ध नेपालको कल्पना गर्न नसकिने उनको भनाइ छ।

प्रकृतिमैत्री जीवनशैली, जल, जमिन र जंगलसँगको पुस्तौँदेखिको सम्बन्ध तथा आदिवासी समुदायको परम्परागत ज्ञान आजको वातावरणीय संकटको समयमा विश्वकै लागि मार्गदर्शन बन्न सक्ने पोखरेलले बताएका छन्। नेपालको संविधानले आदिवासी जनजातिको अधिकार, पहिचान र समावेशितालाई आत्मसात् गरे पनि त्यसको व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको उनले उल्लेख गरेका छन्।

पोखरेलले आदिवासी भाषाको संरक्षण, मातृभाषामा शिक्षा पाउने संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन, थातथलो तथा प्राकृतिक स्रोत–साधनको संरक्षण र राज्यका सबै निकायमा समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले विकासका नाममा हुने भू–विस्थापन तथा प्राकृतिक स्रोत–साधनमाथिको पहुँचका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा पनि जोड दिएका छन्।

“समानुपातिक र समावेशी अधिकारसहितको संविधान र संवैधानिक व्यवस्थामाथि नै चुनौती उत्पन्न भएका बेला विश्व आदिवासी दिवस केवल औपचारिक उत्सव मनाउने दिन होइन,” पोखरेलले भनेका छन्, “यो आफ्नो पहिचानको संरक्षण गर्ने, अधिकारको उपयोग गर्ने र सामाजिक न्याय तथा सद्भावलाई अझ बलियो बनाउने सङ्कल्प गर्ने दिन बनोस्।”

महासचिव पोखरेलले विश्व आदिवासी दिवसका अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति र सभ्यताको सम्मान गर्दै सामाजिक न्याय र समावेशी समृद्धिका लागि एकताबद्ध हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ८ : ४९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि