२०८३, १९ आश्विन मंगलबार

गगनको कडा चेतावनी : ‘तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ’

गगनको कडा चेतावनी : ‘तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ’


काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला सभापति गगन थापाले आफू कुनै दबाब, धम्की वा राजनीतिक त्रासबाट पछि नहट्ने कडा सन्देश दिएका छन्।

केन्द्रीय समिति बैठकमा थापाले विशेष महाधिवेशन पार्टी विधानअनुसार नै भएको दाबी गर्दै यसको कानुनी प्रतिरक्षामा आफू दृढ भएर उभिने स्पष्ट पारे। अदालतको निर्णयलाई सम्मान गर्दै सत्य तथ्यका आधारमा आफ्नो पक्ष प्रस्तुत गर्ने उनको भनाइ छ।

‘सानका साथ अदालत जाने, सानका साथ डिफेन्स गर्ने। विशेष महाधिवेशनको हलमा सत्य, निर्वाचन आयोगमा सत्य र अदालतमा सत्य हुने कुरा फेरि असत्य हुँदैन,’ थापाले भने। उनले आफूलाई डर देखाएर वा दबाब सिर्जना गरेर निर्णयबाट पछि हटाउन खोजिए त्यसको प्रतिवाद गर्ने संकेतसमेत दिए।

‘तर्साएर म तर्सिन्नँ, दबाएर म दबिन्नँ। मलाई विधान थाहा छ। विधानको सीमाभन्दा बाहिर जाँदिनँ,’ थापाले बैठकमा स्पष्ट शब्दमा भने। थापाको यो अभिव्यक्तिलाई कांग्रेसभित्रको शक्ति संघर्षबीच आएको कडा राजनीतिक सन्देशका रूपमा हेरिएको छ। विशेष महाधिवेशनको विषयमा पार्टीभित्र मतभेद बढिरहेका बेला सभापतिको यस्तो अभिव्यक्तिले विवाद अझ पेचिलो बन्ने संकेत गरेको छ।

थापाले कांग्रेस चार पुस्ताको पार्टी भएकाले पुराना पुस्ताका नेताहरूको योगदान र अनुभवको सम्मान गर्नुपर्ने बताए। तर, पार्टीलाई विधान, विधि र संस्थागत प्रक्रियाबाट अघि बढाउने आफ्नो अडानमा कुनै सम्झौता नगर्ने उनको संकेत थियो।

‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापतिको हो, मेरो हो,’ भन्दै थापाले पार्टीभित्र देखिएको असन्तुष्टि व्यवस्थापन गर्दै आफू अघि बढ्ने बताए।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ४ : २८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि