२०८२, २३ चैत्र मंगलबार

बादलमाथिको मन्दिर मुक्तिनाथ जाने होइन ?

बादलमाथिको मन्दिर मुक्तिनाथ जाने होइन ?


प्रसिद्ध मुक्तिनाथ मन्दिर मुस्ताङ जिल्लाको मुक्तिनाथमा पर्दछ । वराह पुराण र हिमवत्खण्ड पुराणले समेत महिमागान गरेको मुक्तिनाथ क्षेत्र हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिर नेपाली तले शैलीमा निर्मित छ ।

मन्दिर छेउछाउमा १०८ धारा, ज्वाला माई मन्दिर, शिवालय र गुम्बाहरू पनि छन् । कालीगण्डकी नदीको नजिकै पर्ने मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालताका जुम्लाका राजाले गराएको मानिन्छ । अहिलेको मन्दिर भने वि सं १८७१ सालमा शाहराजाहरूले गराएका हुन् ।

मुक्तिनाथ मन्दिरमा हिन्दू ब्राह्मणले नित्य पूजाआजा गर्ने र बौद्ध झुमाहरूले प्रसाद वितरण गर्ने चलन छ । तसर्थ मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिरमा धातुको मुक्तिनाथको मूर्ति राखिएको छ । त्यसका साथै लक्ष्मी, सरस्वती र गरुडका मूर्तिहरू पनि छन् । शालिग्राम पाइने प्रसिद्ध स्थलमा मुक्तिनाथ रहेकाले हिन्दूहरूमा यसको विशेष महत्व छ । बौद्धमार्गीहरू यहंँको ज्वालालाई अवलोकितेश्वरको स्वरूप मान्दछन् ।

बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ र मुक्तिनाथको दर्शन नगरी भगवान्को दर्शन यात्रा पुरा नहुने जनविस्वास भएकोले यो क्षेत्रको धार्मिक महत्व एकदम बढी रहेको छ । मुक्तिनाथ क्षेत्र अति प्राचीन भए पनि यसको ख्याति भने इसाको तेहौं–चौधौं शताब्दीदेखि मात्र बढ्न थालेको हो । यसका लागि वि सं १९५५ सालमा गुठी राखिएको प्रमाण पनि पाइएको छ ।

मुक्तिनाथ भेगमा जनै पूर्णिमा र कात्तिक पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । तर स्वदेशी र विदेशी पर्यटक र तीर्थयात्रीहरू सालैभर यस क्षेत्रको भ्रमणमा आई नै रहन्छन् । यसले गर्दा मुक्तिनाथमा सधैं मेला लागिरहे जस्तो देखिने गर्दछ ।

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ४९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि