२०८२, २८ असार शनिबार

महिला फुटबल टोली सम्मानित

महिला फुटबल टोली सम्मानित


काठमाडौँ, १६ कात्तिक: भुटानको थिम्पुमा भएको साफ यु–१८ च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नगदसहित सम्मान गरेको छ । आज एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराएको रु ५० हजार प्रदान गर्नुभयो ।

सो अवसरमा सदस्य सचिव विष्टले नेपाली महिला फुटबल खेलाडीले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन्, त्यो अविस्मरणीय भएको भन्दै खेलाडीले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रको आधिकारिक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भएपश्चात् राष्ट्रका तर्फबाट पनि सम्मानका लागि पहल गर्ने बताउनुभयो ।

गत सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यु–१८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले पाकिस्तानलाई शुन्यका बिरुद्ध १३ गोलले पराजित गरेको थियो । यस्तै बङ्गलादेशसँग दुईका बिरुद्ध एक गोलले पराजित भएता पनि सेमिफाइनल प्रवेश गरेको नेपालले भारतलाई एक÷एक गोलको बराबरीपश्चात् टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यस्तै फाइनलमा पुनः बङ्गलादेशसँग एकका बिरुद्ध शुन्य गोलले पराजय हुँदै उपविजयी भएको थियो ।
सोही महिला फुटबल टोलीले थाइल्याण्डमा भएको एएफसी यु–१९ को पहिलो चरणको छनोट पार गर्दै इतिहास रच्न सफल भएको थियो ।
– रासस

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : २५ बजे

काठमाडौंस्थित ‘फुलारी गुम्बा’ हेनुहोस् फोटो फिचर

काठमाडौं । ‘फुलारी गुम्बा’ काग्यु वंशको बौद्ध गुम्बा हो ।

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जनाघाइते

धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका व्यवहारिक आवश्यकतालाई बेवास्ता गरेको नाइमाको आरोप

काठमाडौं । समयमै प्रस्तुत गरेका सुझावहरू नेपाल राष्ट्र बैंकले सार्वजनिक

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज