२०८३, ५ आश्विन मंगलबार

महिला फुटबल टोली सम्मानित

महिला फुटबल टोली सम्मानित


काठमाडौँ, १६ कात्तिक: भुटानको थिम्पुमा भएको साफ यु–१८ च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नगदसहित सम्मान गरेको छ । आज एन्फामा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रत्येक खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराएको रु ५० हजार प्रदान गर्नुभयो ।

सो अवसरमा सदस्य सचिव विष्टले नेपाली महिला फुटबल खेलाडीले राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन्, त्यो अविस्मरणीय भएको भन्दै खेलाडीले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रको आधिकारिक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भएपश्चात् राष्ट्रका तर्फबाट पनि सम्मानका लागि पहल गर्ने बताउनुभयो ।

गत सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यु–१८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले पाकिस्तानलाई शुन्यका बिरुद्ध १३ गोलले पराजित गरेको थियो । यस्तै बङ्गलादेशसँग दुईका बिरुद्ध एक गोलले पराजित भएता पनि सेमिफाइनल प्रवेश गरेको नेपालले भारतलाई एक÷एक गोलको बराबरीपश्चात् टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यस्तै फाइनलमा पुनः बङ्गलादेशसँग एकका बिरुद्ध शुन्य गोलले पराजय हुँदै उपविजयी भएको थियो ।
सोही महिला फुटबल टोलीले थाइल्याण्डमा भएको एएफसी यु–१९ को पहिलो चरणको छनोट पार गर्दै इतिहास रच्न सफल भएको थियो ।
– रासस

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : २५ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको