२०८२, ८ फाल्गुन शुक्रबार

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक : नेता भण्डारी

समृद्ध मुलुक बनाउन दलबीच सहकार्य आवश्यक : नेता भण्डारी


दमौली, १६ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

चाडपर्वका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “साँच्चै नै मुलुकलाई समृद्ध बनाउने हो भने सबै दलबीच सहकार्य गरौँ ।”

नेता भण्डारीले बाटोे पूर्वाधार निर्माण, पर्यटन विकास र जलविद्युत्का क्षेत्रमा मिलेर काम गर्न सके समयमै विकास योजना पूरा हुने बताउँदै लाखौँ युवा विदेशमा पसिना बगाउन बाध्य रहेको हुँदा यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकलगायतले सबै राजनीतिक दलको सहकार्यले मात्रै मुलुकको समृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ५ : ४९ बजे

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनबाटै जवाफ दिनेछन् : महासचिव पोखरेल

काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २

तेमालमा एमाले उम्मेदवार अमित लामालाई भव्य स्वागत

बनेपा । नेकपा एमालेका केन्द्रीय तथा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा