२०८३, ३० असार बुधबार

तिहारमा यसरी गर्नुहोस घरको सजावट, लक्ष्मीमाता प्रसन्न हुनेछिन्

तिहारमा यसरी गर्नुहोस घरको सजावट, लक्ष्मीमाता प्रसन्न हुनेछिन्


तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। यस्लाई नै यमपञ्चक पनि भनिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरी नेपालमा मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् ।

यस पर्वको नाम हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ । यही दिन भगवान् धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ ।

यसै दिन साँझमा मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।

तिहारमा घर चिरिच्याँट्ट भएन भने लक्ष्मीको आगमन नहुने धार्मिक मान्यता छ । जे भए पनि वर्षदिनमा एक पटक घरलाई फूलमालाले सजाउने, दियोबत्तीले धपक्क बाल्ने, सुगन्धित धूपले मगमगाउने बेला हो यो ।

यही मेसोमा घरलाई नयाँ लुक्स दिन सकिन्छ । यसका लागि थोरै मिहिनेत गरे पुग्छ । इन्टेरियरलाई परिवर्तन गर्न केही नयाँ उत्पादन आएका छन् । यसमा क्रिस्टल, मल्टी कलर्ड स्टोन, पर्ल वर्क आदि प्रचलनमा छन् । यहाँ हामी तपाईंलाई तिहारमा घरलाई कसरी सजाउने र कस्तो प्रकारको बत्ति लगाउने भन्नेबारे बताउनेछौं ।

रंगोली

घरको मुलद्वारमा रंगोली बनाउँदा घर त सुन्दर देखिन्छ नै, पाहुनाहरुलाई पनि खुशी तुल्याउनेछ । त्यसो त, तपाईं पारम्परिक रंग तथा फूलको प्रयोग गरेर आफ्नै हातले रंगोली बनाउन सक्नुहुन्छ ।तर, यसो गर्न अल्छी लाग्यो भने बजारमा एक से एक रंगोली किन्न पाइन्छ । मुलद्वारको साथसाथै लिभिङ रुमको सेन्टरमा पनि रंगोली बनाएर घरको शोभा बढाउन सकिन्छ ।

कुनालाई दियोले सजाउनुस्
घरका बत्तिहरु बदल्दा पनि घरको पुरा लुक्स परिवर्तन हुन्छ । र, यसमा दियोले महत्वपूर्ण भूमिका खेल्छ । यो दिपावलीमा घरलाई सजाउन कृत्रिम बत्तिको सट्टा दियोको प्रयोग गर्नुस् । घरको हरेक कुनालाई दियोले सजाउनुस् ।

फूलको सजावट
घरमा धेरै फूल सजाउनुको साटो एक वा दुई मालालाई घरको ढोकामा झुण्ड्याउनुस् । यसबाट तपाईंको घर सिम्पल देखिनुका साथै चाडको रौनक पनि प्राप्त हुनेछ ।

तोरण र लाल्टिन
घरको मुलद्वारका साथै हरेक कोठाको ढोकामा तोरण लगाउनुस् । यसका लागि तपाईं पारम्परिक पत्ता तथा फूलको तोरणको पनि प्रयोग गर्न सक्नुहुन्छ । अथवा, बजारमा पाइने डिजाइनदार तोरण ल्याएर पनि प्रयोग गर्न सक्नुहुन्छ । मुख्य हललाई सजाउन लाल्टिनको पनि उपयोग गर्न सकिन्छ ।

मैनबत्ति

आजकाल बजारमा कैयौं प्रकारका मैनबत्ति पाइन्छन् । यसबाट तपाईं आफ्नो घरलाई फरक र सिम्पल लुक्स दिन सक्नुहुन्छ । यी मैनबत्तिलाई झ्याल तथा छतमा सजाउन सकिन्छ ।

टी लाइट्स
रंगीन काँचको कन्टेनरमा टी लाइट्स राखेर त्यसलाई ड्रइङ रुम र डाइनिङ रुमको सिलिङमा झुण्ड्याउनुस् । कोही पनि यसमा ठोक्किने डर हुँदैन र यसले घरलाई अत्यन्त सुन्दर लुक्स पनि दिन्छ ।

यसरी सजाउनुस् प्रवेशद्वार
दीपावलीमा रंगोली त बनाइन्छ नै । तर, यदि फूल वा रंगको रंगोलीबाट बोर भइसक्नु भएको छ भने यसपटक क्रिस्टल र बिड्सको रंगोली बनाएर हेर्नुस् । यो विल्कुल अलग देखिन्छ । बजारमा रेडिमेड रंगोली पनि उपलब्ध छन् । चाहेमा घरमा आफैं पनि बनाउन सक्नुहुन्छ । यसमा गणेशजीको मूर्ति सजाउन सकिन्छ ।

पेपर लाल्टिन
तिहारमा कैयन प्रकारका सामान बजारमा पाइन्छन् । यिनीहरुमा एक हो, पेपर लाल्टिन । पेपर लाल्टिनबाट आफ्नो घरलाई सजाउनुस् । यो हेर्दा सुन्दर त देखिन्छ नै, घरमा प्रकाश पनि छर्छ ।

फ्लोटिङ मैनबत्ति
यो दिपावलीमा तपाईं फ्लोटिङ मैनबत्तिको मद्दतले पनि आफ्नो घरको सजावटलाई उत्कृष्टता दिन सक्नुहुन्छ ।

इलेक्ट्रिक लाइट्स
इलेक्टि्रक बत्तिहरु बजारमा जताततै उपलब्ध छन् । यी बत्तिले तपाईं आफ्नो घर सजाउन सक्नुहुन्छ । यी बत्तिमा धेरै भेराइटी पनि पाइन्छन्, जसले तपाईंको घर झलमल हुनेछ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : १२ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै