२०८३, १९ आश्विन मंगलबार

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण अवस्थामा सञ्चालन भइरहेको बताएका छन्।

सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण आमसञ्चारका माध्यमहरु दबाबमा परेका बताएका हुन्।

उनले भने, “सामाजिक सञ्जालको पछिल्लो दबदबा र प्रभावबीचमा खुम्चिएर, सकस र संघर्षपूर्ण तरिकाले मूलधारका मिडियाहरु चलिरहेका छन्। यस्तो चुनौतीका बीचमा पनि एन टिभी वल्र्ड सार्वजनिक हुनु ठूलो कदम हो, तर यसमा पनि चुनौती कम छैन।”

मन्त्री खरेलले अहिलेको सञ्चार परिवेश पहिलाभन्दा निकै फरक भएको बताउँदै अब टेलिभिजनको भित्ताभित्र मात्रै सीमित रहँदा मिडिया इतिहासको पाना बन्ने चेतावनी दिए। “भित्तामा राखिएको टेलिभिजनमा मात्रै हाम्रा कार्यक्रम र समाचार आउने हो भने रेडियो नेपाल र नेपाल टेलिभिजन इतिहास मात्र बन्छन्। अब हामी आमसञ्चारको भविष्य बन्नुपर्छ, त्यसका लागि मोबाइलमा पनि पुग्नुपर्छ,” उनले भने।

उनले रेडियो र टेलिभिजन दुवै संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै, यस अवस्थामा केवल नयाँ च्यानल खोल्नु मात्रै पर्याप्त नहुने बताए। “नेपालका आमसञ्चार माध्यमहरु संकटग्रस्त अवस्थामा छन्। एन टिभी वल्र्ड खोल्नु मात्रै पर्याप्त छैन, दर्शक–श्रोतालाई आकर्षित गर्न सक्नुपर्छ। यही अहिलेको ठूलो चुनौती हो,” मन्त्री खरेलले भने।

कार्यक्रममा उनले रेडियो नेपाल र नेपाल टेलिभिजनले लामो समयदेखि देशको सञ्चार इतिहासमा गर्विलो योगदान दिएको भन्दै दुवै संस्था सार्वजनिक सेवा प्रसारणको एउटै छातामुनि आउनु गौरवको विषय भएको बताए।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  १ : ०६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय