२०८३, ८ भाद्र मंगलबार

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा फैलिएको अराजकतामाथि कठोर टिप्पणी गर्दै युवालाई “देश निर्माणका लागि विवेकपूर्ण भूमिका खेल्न” आह्वान गरेका छन्।

राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकमा आइतबार काठमाडौंमा बोल्दै ओलीले भने —
“नेपालको जन र धनको क्षति गराउने गतिविधिलाई आन्दोलन र परिवर्तनका नाममा महिमामण्डन गर्न खोजियो । तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो ।”

उनको भनाइमा, जेनजी आन्दोलनका नाममा हिंसा, तोडफोड र आगलागी गराइए पनि ती सबै युवाको असली आवाज होइन, “युवाको नाममा बाह्य स्वार्थले मञ्च कब्जा गरेको” थियो।

ओलीले जोड दिए — “जेनजी भन्ने कुरा मानव विकासको अवधिसँग होइन, कम्प्युटर विज्ञानको एक प्रवृत्तिसँग सम्बन्धित हो । तर त्यसलाई युवाको भावनासँग जोडेर प्रयोग गर्न खोजियो, जुन गलत अभ्यास हो ।”

अध्यक्ष ओलीका अनुसार भदौ २३ र २४ गते माइतीघरमा आएका युवाहरुका मागहरू धेरैजसो जायज थिए। तर ती माग र आन्दोलनका मुद्दा युवाको हातबाट खोस्ने समूहहरू पहिले नै त्यहाँ सक्रिय भइसकेका थिए। “युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो,” ओलीले स्पष्ट पारे।

ओलीले २४ गते भएको हिंसा पूर्वनियोजित रहेको दाबी गर्दै भने –
“त्यो घटना आकस्मिक थिएन, योजनाबद्ध थियो । २३ गतेको गोलीकाण्डसँग त्यसको प्रत्यक्ष सम्बन्ध थिएन । देशमा अस्थिरता ल्याउन त्यसको खाका पहिले नै तयार गरिएको थियो ।”

अध्यक्ष ओलीले युवालाई संयम, विवेक र देशप्रतिको जिम्मेवारीबोधका साथ अघि बढ्न आग्रह गरे।
उनले भने –“यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ । भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ । देश बनाउने युवाको हात हो, भत्काउने होइन ।”

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो सन्देशले देशभर युवाहरूमाझ “सकारात्मक ऊर्जा र जिम्मेवार सोच” फैलाउने संकेत गरेको छ। उनीहरूले ओलीको नेतृत्वमा देशले पुनः स्थिरता र विकासको बाटो समाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  ७ : ०२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र