२०८३, २२ भाद्र मंगलबार

जाडो मौसमका बेहुलीले ध्यान दिनुपर्ने कुरा

जाडो मौसमका बेहुलीले ध्यान दिनुपर्ने कुरा


अव मंसिर महिना शुरुहुनै लागेको छ । मंसिर महिनामा सबैभन्दा बढी विवाह हुन्छ । यो महिनादेखि नै चिसो पनि बढ्ने भएकाले अनुहारका साथसाथै हातखुट्टाको समेत राम्रोसँग स्याहार गर्नुपर्ने हुन्छ ।

यो मौसममा चल्ने चिसो हावाले छालाको नरमपन सोसेर त्यसलाई सुख्खा तथा चाउरीयुक्त तुल्याउँछ तसर्थ छालाको बाहिरी हेरचाहका साथै खानपानमा पनि केही परिवर्तन गर्नुपर्छ । झोल तथा पोषणयुक्त ९प्रोटिन बढी भएका० खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ भने मसालेदार एवं चिल्लो–पिरो खाने कुरा कम खानुपर्छ ।

यो मौसममा बेहुली हुनेहरूले एक महिनाअघिदेखि नै आफ्नो स्वास्थ्य, अनुहार, हातखुट्टा तथा केशको रेखदेख गर्नुपर्ने हुन्छ ।

केश :  यो मौसममा केश बढी सुख्खा भएर झर्ने, टुक्रने तथा चिलाउने समस्या हुन्छ । यसलाई रोक्न हप्तामा तीन पटक मनतातो तेलले केश मसाज गर्नुपर्छ । केशको जरामा प्याजको रस दलेर एक घन्टापछि पखाल्दा जरा बलियो भै केश झर्न तथा टुक्रन कम हुन्छ ।

छाला : यो मौसममा शरीरको छाला सुख्खा हुन्छ । अझ हातखुट्टा तथा अनुहार बढी खुल्ला हुने भएकाले मौसमको मार पनि यी भागमै बढी पर्छ फलस्वरूप छाला फुट्ने तथा चाउरी पर्ने समस्या उत्पन्न हुन्छ । यसबाट जोगिन ग्लिसिरिनमा रोजवाटर मिसाएर सुत्नुअघि अनुहार तथा हातखुट्टामा लगाई हल्कासँग मसाज गर्नुपर्छ अनि बिहान सफा पानीले पखालेर मोइस्चराइजर बढी भएको राम्रो क्रिम लगाउनुपर्छ । यसबाट छाला मुलायम तथा चम्किलो रहन्छ ।

ब्राइडल मेकअप गर्ने विधि

ब्राइडलमेकअप गर्नुअघि फेस क्लिन्जिङ (सफा) गर्ने । त्यसपछि रोजवाटर वा टोनरले फेसमा स्प्रे गर्ने । अनुहार बढी सुख्खा छ भने थोरै मोइस्चराइजर प्रयोग गर्ने । त्यसपछि फेस प्राइमर लगाउने अनि कन्ट्रोलरले फेसको सेप मिलाउने । आफ्नो छालाको रंगसँग मिल्दो फाउन्डेसन लगाउने । त्यसपछि आइमेकअप गर्ने । आँखामा डार्क सर्कल छ भने आँखा वरिपरि वेसकोट लगाउने अनि पहिरन सुहाउने गरी गोल्डेन तथा रेड कलर मिक्स गरेर आइस्याडो लगाउने ।

आँखाको माथिल्लो भागमा गोल्डेन वा ह्वाइट कलरले हाइलाइट गर्ने । त्यसपछि आँखाको सेपअनुसार आइग्लास लगाउने अनि त्यसमाथि आइलाइनर लगाई फेरि मस्कारा लगाउने । त्यसपछि रोज वा ब्लसरले गाला, चिउँडो तथा नाकमा हल्का टच–अप गर्ने । ओठमा पहिरन सुहाउँदो वाटरप्रुफ लिपिस्टिक लगाउने । यसरी अनुहारको मेकअप पूरा भएपछि केशमा जुरो बनाउन सकिन्छ ।

अनुहारको बनावटअनुसार सिउँदो बनाई पफ उठाएर रोज जुरो वा हेभी जुरो बनाउने । बेहुलीले आधुनिक मेकअप गर्न चाहे एयरब्रस इलेक्ट्रिक वाटरप्रुफ मेकअप पनि गर्न सक्छन् । त्यसका लागि भने पार्लर नै जानुपर्ने हुन्छ ।  सिर्जना प्रधान

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ८ : १४ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर