२०८३, १५ असार मंगलबार

कार्यालय रित्याएर घुमघाम

कार्यालय रित्याएर घुमघाम


काठमाडौँ, कात्तिक १६ : ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३ जना सहभागी छन्।पाँचदिने भ्रमणमा मंगलबार निस्किएको टोलीको दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने योजना थियो। तर, टोली बिहीबार धरान–धनकुटातर्फ लागेको छ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले इलामको विश्वशान्ति तथा रुम र झापाको बुद्धशान्ति गाउँपालिका अवलोकन गरी धरानतर्फ गएको बताए। उनका अनुसार धरान–धनकुटाका केही स्थानीय तहका काम हेर्ने योजना छ। ‘मिल्यो भने शुक्रबार नै काठमाडौं फर्कन्छौँ’, उनले भने।

कार्यालय सुनसान बनाएर जनप्रतिनिधि–कर्मचारी टोली भ्रमणमा निस्किएपछि सेवाग्राही मारमा परेका छन्। तर, कार्यालय सुनसान नबनाएको लोप्चन दाबी गर्छन्।स्थानीय तह कसरी सञ्चालित छन् त्यो अध्ययन गर्न निस्किएकाले यसलाई नकारात्मक रूपमा नलिन लोप्चनले आग्रह गरे। उनले भने, ‘हामी विदेश गएका होइनांै। मुलुकभित्र अवलोकन भ्रमणमा गएका हौँ,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ४३ बजे

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी

रास्वपाले सच्यायो मतपरिणाम, पूजा बास्तोला र ध्रुव थापामगर केन्द्रीय सदस्य घोषित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मतपरिणाममा देखिएको त्रुटि

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of

कोशी बजेट विवाद मिलाउन कार्यदल, संशोधनमै कानुनी अन्योल

विराटनगर । कोशी प्रदेश सरकारको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद