२०८२, २४ कार्तिक आईतबार

सुत्केरी भैंसीलाई भत्ता, खर्च बोकेर नगर प्रमुख भैसी गोठमा

सुत्केरी भैंसीलाई भत्ता, खर्च बोकेर नगर प्रमुख भैसी गोठमा


पनौती १५ कार्तिक : काभ्रेको पनौती नगरपालिकाले समृद्धिका लागि भैंसी संरक्षण अभियान शुरु गरेको छ । नगरपालिका भित्र रहेका भैसी सरक्षण र सुत्केरीे भैंसीबाट जन्मिएका पाडापाडीको जन्मदर्ता समेत गर्ने गरेका छन् ।

नगरका किसानले पालेका भैसीले पाडापाडी पाएको खबर पाउने वित्तिकै नगर प्रमुख भिम न्यौपाने सुत्केरी खर्च बोकेर गोठमै  किसान र भैसीलाई भेट्ने गरेका छन् ।

नगरपालिकाले शुरु गरेको भैंसीपालन संरक्षण अभियानले पशुपालनमा किसानहरु आकर्षित भएका छन । नेपाल सरकारको सुखी नेपाली समृद्ध नोपल भन्ने अभियानलाई सफल बनाउने हो भने समृद्धी आफैबाट शुरु गर्नुपर्ने प्रमुख न्यौपानेले बताए ।

पनौती नगरले चालू आर्थिक वर्षदेखि आठ लाख बजेट विनियोजन गरेर भैंसीको सुत्केरी भत्ता वितरण गर्ने लक्ष्य लिएको छ ।  नगरको यो अभियानले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने नगर प्रमुखले दावी गरेका छन् ।

काभ्रे जिल्ला दुध उत्पादनको आत्मनिर्भर जिल्ला हो । दैनिक २ लाख २० हजार भन्दा बढि दुध राजधानीमा काभ्रेबाटै भित्रने गर्छ । पनौती नगरपालिकाका पशु चिकित्सक मणीप्रसाद सापकोटाका अनुसार  सुत्केरी भैंसीलाई भत्ता दिने भनेपछि तिन महिनामा नै २ सय ४५ जना किसानले पशुको सुत्केरी भत्ता लिन निवेदन पेश गरि सकेका छन् ।

नगर भित्रका किसानले भैंसी सुत्केरी भत्ता लिनका लागि अनिवार्य विमा गर्नुपर्नेछ । जन्मदर्ता भएको पाडी सुत्केरी भएमा २० हजार पालन पोषण भत्ता र पहिलो वेतका भैंसिलाइ ५ हजार र दोस्रो वेत देखि २ हजारका दरले किसानहरुलाइ भैंसि सुत्केरी भत्ता व्यवस्था गरेका छन् ।

नगरपालिकाले सबै वडामा भैंसिको सुत्केरी भत्ता वितरण गर्ने कार्यक्रस समेत तयारी गरेको छ । । विहिबार वडा नं १२ भुमिडाँडाका ३७ जना भैसी पालक किसानलाई सुत्केरी भत्ता वितराण गरेका छन् । नगरमा पहिलो वेतका भैंसिको लागि ५७ निवेदन आएको छ । बाकि १ सय ८८ वटा रहेको छन् ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ९ : ४८ बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।