२०८३, ३१ असार बिहीबार

सुत्केरी भैंसीलाई भत्ता, खर्च बोकेर नगर प्रमुख भैसी गोठमा

सुत्केरी भैंसीलाई भत्ता, खर्च बोकेर नगर प्रमुख भैसी गोठमा


पनौती १५ कार्तिक : काभ्रेको पनौती नगरपालिकाले समृद्धिका लागि भैंसी संरक्षण अभियान शुरु गरेको छ । नगरपालिका भित्र रहेका भैसी सरक्षण र सुत्केरीे भैंसीबाट जन्मिएका पाडापाडीको जन्मदर्ता समेत गर्ने गरेका छन् ।

नगरका किसानले पालेका भैसीले पाडापाडी पाएको खबर पाउने वित्तिकै नगर प्रमुख भिम न्यौपाने सुत्केरी खर्च बोकेर गोठमै  किसान र भैसीलाई भेट्ने गरेका छन् ।

नगरपालिकाले शुरु गरेको भैंसीपालन संरक्षण अभियानले पशुपालनमा किसानहरु आकर्षित भएका छन । नेपाल सरकारको सुखी नेपाली समृद्ध नोपल भन्ने अभियानलाई सफल बनाउने हो भने समृद्धी आफैबाट शुरु गर्नुपर्ने प्रमुख न्यौपानेले बताए ।

पनौती नगरले चालू आर्थिक वर्षदेखि आठ लाख बजेट विनियोजन गरेर भैंसीको सुत्केरी भत्ता वितरण गर्ने लक्ष्य लिएको छ ।  नगरको यो अभियानले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने नगर प्रमुखले दावी गरेका छन् ।

काभ्रे जिल्ला दुध उत्पादनको आत्मनिर्भर जिल्ला हो । दैनिक २ लाख २० हजार भन्दा बढि दुध राजधानीमा काभ्रेबाटै भित्रने गर्छ । पनौती नगरपालिकाका पशु चिकित्सक मणीप्रसाद सापकोटाका अनुसार  सुत्केरी भैंसीलाई भत्ता दिने भनेपछि तिन महिनामा नै २ सय ४५ जना किसानले पशुको सुत्केरी भत्ता लिन निवेदन पेश गरि सकेका छन् ।

नगर भित्रका किसानले भैंसी सुत्केरी भत्ता लिनका लागि अनिवार्य विमा गर्नुपर्नेछ । जन्मदर्ता भएको पाडी सुत्केरी भएमा २० हजार पालन पोषण भत्ता र पहिलो वेतका भैंसिलाइ ५ हजार र दोस्रो वेत देखि २ हजारका दरले किसानहरुलाइ भैंसि सुत्केरी भत्ता व्यवस्था गरेका छन् ।

नगरपालिकाले सबै वडामा भैंसिको सुत्केरी भत्ता वितरण गर्ने कार्यक्रस समेत तयारी गरेको छ । । विहिबार वडा नं १२ भुमिडाँडाका ३७ जना भैसी पालक किसानलाई सुत्केरी भत्ता वितराण गरेका छन् । नगरमा पहिलो वेतका भैंसिको लागि ५७ निवेदन आएको छ । बाकि १ सय ८८ वटा रहेको छन् ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ९ : ४८ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित