२०८२, ११ मंसिर बिहीबार

लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह

लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह


काठमाडौँ, १५ कात्तिक : नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न सुझाव दिएको हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर(भ्याट)को समस्या समाधान भएको, रु ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीलाई आयकरमा १० प्रतिशत छुट दिइएको र पूँजीबजारमा सूचीकृत हुन प्रोत्साहित गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी रु एक अर्ब वा सोभन्दा बढीको लगानीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण भई पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ ।

यस्तै धितोपत्र व्यवसायी शुल्कमा कटौती गरिएको, वैकल्पिक लगानी कोष नियमावली लागू भएको, निजी इक्विटी, भेन्चर फण्ड र हेज फण्ड प्रवेश गराई कम्पनीलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गरेको जनाएको छ । नेपाली पूँजीबजार व्यवस्थित हुँदै गएको भन्दै बोर्डले यस्तो अवस्थामा बजार हल्लाको पछि लागेर हतारमा शेयर किन्ने र बेच्ने काम नगर्न अनुरोध गरेको छ । सङ्गठित संस्थाले लाभांशको मौसममा अनावश्यक बजार हल्ला चलाउने र बजारमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास रोक्न प्रयास गरिएको पनि बोर्डले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ९ : २६ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री