२०८३, ५ श्रावण बुधबार

काभ्रेमा चार केजी गाँजासहित तामाङ पक्राउ

काभ्रेमा चार केजी गाँजासहित तामाङ पक्राउ


काभ्रे, १५ कात्तिक: पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठाभित्र टाङ बनाई धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको बताउनुभयो । उहाँले तामाङको घरटहरामा अवैध रूपमा गाँजा सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गरिएको जानकारी दिनुभयो ।

-रासस

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ९ : १४ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने