२०८२, २५ माघ आईतबार

मंसिरभित्र मेलम्चीको पानी छाड्न मन्त्रालयको निर्देशन

मंसिरभित्र मेलम्चीको पानी छाड्न मन्त्रालयको निर्देशन


काठमाडौं, कात्तिक १५: मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७।५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ । बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।

‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै जनताको घरमा पानी छाड्ने गरी काम गर्न भनेको छ,’ उनले भने, ‘मंसिर अन्तिमसम्म सुरुङको परीक्षण सक्छौँ होला ।’ सुरुङभित्र जडान गर्नुपर्ने गेट र गियरवालहरू चीन र भारतबाट आइसकेकाले सुरुङ ढलान सक्नेबित्तिकै उपकरण जडानको काम पनि सम्पन्न हुने उनले दाबी गरे ।उपभोक्ताको धारामा पानी भने सुरुङको परीक्षण सफल भए मात्र पठाउन सकिने उनले बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ७ : ३४ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय