२०८२, ११ कार्तिक सोमबार

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना सन्देश, देश विकासमा सहभागी हुन आग्रह

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना सन्देश, देश विकासमा सहभागी हुन आग्रह


काठमाडौं, कात्तिक २ गते :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।

वडादशैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्व दिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अघि बढाउन जनताले दिएको अवसरलाई गुम्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

“देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ ”प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिकासाथ अग्रसर गराउन जनताले अभिभारा हामीले शिरोपर गरेका छौं । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिइदैन ।”

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्ने आफ्नो चाहना रहेको उल्लेख गर्नुभएको छ । देशमा काम गर्न सक्ने उमेर समुहको जनसंख्याको बाहुल्यता नै देशको समृद्धिको एउटा प्रमुख आधार भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

नेपालीहरु रोजगारीका लागि विदेशी भूमिको समृद्धिका लागि अहोरात्र खट्नु पर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गरेर देशलाई समृद्ध बनाउन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५, २ कार्तिक शुक्रबार  ८ : २३ बजे

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक