२०८२, २२ कार्तिक शुक्रबार

मोटर साइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

मोटर साइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते


उदयपुर, ३० असोज उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।

उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना पुलबाट दश मिटर तल खोलामा खसेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा त्रियुगा नगरपालिका–१३ बस्ने वर्ष ४० का दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल पछाडि बस्ने सोही स्थानका वर्ष ४५ का कुलबहादुर थापा घाइते भएका हुन् ।

घाइते थापालाई अहिले उदयपुर जिल्ला अस्पतालमा ल्याएर प्राथमिक उपचार गरिएको र घटना स्थलमा मुचुल्का उठाउने र सर्जमिन गर्ने कार्य प्रक्रिया शुरु भएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ३० आश्विन मंगलबार  ११ : ०९ बजे

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री