२०८२, १६ मंसिर मंगलबार

खानेपानी आयोजनाको शिलान्यास

खानेपानी आयोजनाको शिलान्यास


नवलपरासी, २८ असोज खानेपानी तथा सरसफाइमन्त्री विना मगरले शनिबार दिनभर पूर्वी नवलपरासीका विभिन्न खानेपानी आयोजनाको अनुगमन गर्नुभएको छ ।

मन्त्री मगरले देवचुली नगरपालिका–१६ मा शुरु हुनलागेको रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ओभरहेड ट्याङ्कीको एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो ।

त्यसै गरी मन्त्री मगरले गैँडाकोट नगरपालिका–१४ मा रहेको नगरटाँडी पुरानो गाहाटाँडीको खानेपानीकोे अवस्थाका बारेमा जानकारी लिनुभयो । अनुगमनको क्रममा मन्त्री मगरलाई स्थानीय गाहाटाँडीवासीले यस क्षेत्रमा खानेपानी, सिँचाइ, विद्युत्, स्वास्थ्य र शिक्षालगायत मौलिक हकबाट आफूहरू बञ्चित हुनुपरेको दुःखेसो पोखेका थिए ।

सो क्रममा उहाँले नगरटाँडी, गाहाँटाडी, तारानगरको सालघारी र भागरसहित यस क्षेत्रको खानेपानीको समस्या स्थलगत रूपमै आफूले महसुस गरेको भन्दै यहाँको डिपीआरका लागि तुरुन्तै सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुगमनकै क्रममा मन्त्री मगरसमक्ष गैँडाकोटको अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लागि डिपबोरिङ, र ओभरहेडको आवश्यकता रहेको संस्थाका अध्यक्ष गोपी कँडेलले जानकारी दिनुभयो ।

त्यसैगरी मन्त्री मगरले कावासोती नगरपालिका–१६ मा रहेको अग्यौली खानेपानी तथा सरसफाइ संस्थाको अनुगमनका क्रममा छोटो समयमा खानेपानीले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ८ : ०२ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी