२०८२, १६ चैत्र मंगलबार

सुत्केरी हुन नसक्दा महिलाको मृत्यु

सुत्केरी हुन नसक्दा महिलाको मृत्यु


सङ्खुवासभा २७ असोज  :  समयमै स्वास्थ्य संस्था नल्याउँदा खाँदबारीमा एक सुत्केरीको अकालमा ज्यान गएको छ ।

खाँदबारी नगरपालिका–३ की २० वर्षीया नन्दुमाया गुरुङको सुत्केरी हुन नसक्दा ज्यान गएको हो । उनलाई अन्तिम अवस्थामा जिल्ला अस्पतालमा आफन्तले ल्याएका थिए । पाठेघरबाट रगत बग्न थालेको झन्डै छ घन्टापछि अस्पताल ल्याउँदा उनको शनिबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालका डा युवराज बस्नेतले भन्नुभयो, “उनको ३४ हप्ताको बच्चा थियो, समयमै अस्पताल ल्याउन नसक्दा ज्यान गुम्यो, समयमै ल्याएको भए आमालाई बचाउथ्यौँ ।”

उनलाई पटकपटक जिल्ला अस्पतालमा गर्भ जाँच गराउन आउँदा सर्तक हुन सुझाब दिएको बस्नेतले बताउनुभयो । “पहिले नै हामीले सर्तक हुन र राम्रो अस्पतालमा जान सुझाब दिएका थियौं”, चिकित्सक बस्नेतले भन्नुभयो, पटकपटक भनेका थियौ, जानु भएन छ, उनलाई अस्पताल ल्याउन निक्कै ढिला भइसकेको थियो, बच्चा बचाउन नसकेपछि आमा बचाउन खोज्यौ तर सकेनौं ।”

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ९ : ५६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा