२०८३, ३० असार बुधबार

बनेपा साल्ट ट्रेडिङमा चिनीको गोदाम, उपभोक्ता भने रित्तो हात फर्किदैँ

बनेपा साल्ट ट्रेडिङमा चिनीको गोदाम, उपभोक्ता भने रित्तो हात फर्किदैँ


बनेपा,२७ असोज: काभ्रेको बनेपा स्थित सरकारी स्वामित्वमा सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वितरण कक्षमा एउटा अनौठोको दृश्य देख्न पाइन्छ ।

त्यो हो । चिनी लिन आएका उपभोक्तालाई नून दिएर पठाएको । दशैँ, तिहार र छठ लक्षित सूपथ मूल्यको पसल समेत सञ्चलान गर्दै आएको साल्ट ट्रेडिङले चिनी वितरण नगर्दा उपभोक्ता निकै समस्यामा परेका छन् ।

शनिबार चिनी लिन साल्ट ट्रेडिङको वितरण कक्षमा पुगेकी थिइन् । काभ्रे तेमाल नारायणस्थानकी निर्मला लामा । उनले चिनी भने किन्न पाइनैन् । साल्ट ट्रेडिङका कर्मचारीले नून चाँहि थामाउने प्रयास गरे । तर चिनी प्याक गरेको बोरा हेर्दै उनले भनिन् त्यत्तिका चिनीको बोरा छन्, अनि उपभोक्तालाई चाँहि नून दिने ? “म बजारमा भन्दा केहि रकम मूल्य सस्तो र राम्रो पाइन्छ भनेर चिनी किन्न आएको थिए, उनले भनिन्, बोरा भरि चिनी छ, तर कर्मचारीले दिएनन् ।”

चिनी लिन गएका उपभोक्ता रित्तो हात फर्किने निर्मला मात्रै होइनन् । धेरै उपभोक्ताले चिनीको सास्ती खेप्नु परेको छ । साल्ट ट्रेडिङमा चिनीको गोदाम बनाएर राखिएको छ । तर वितरण गरिएको छैन् । केहि उपभोक्ता भने चिनी नपाएपछि नून नै लिएर फकिएका देखिन्थे ।

साल्ट ट्रेडिङले नून १८ रुपैयाँ प्रति पाकेट विक्री भइरहेको छ ।अन्य पसलबाट २० रुपैयाँ भन्दा माथि मूल्यमा नून बिक्री भइरहेको छ । साल्ट ट्रेडिङमा चिनी किन्न गएका उपभोक्ता नून लिएर फर्किदा नजिकै चिनी बिक्री गरिरहेका अन्य ब्यापारीहरु भने खुचिङ मार्दै हेरिरहेको दृश्य अझ रोचक देखिन्थ्यो ।

प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन पनि भएको थियो । तर त्यो अनुगमन समितिले साल्ट ट्रेडिङको चिनी गोदाम भने देखेन् । वा हेर्न चाहेन ?

बजारमा अन्य ब्यापारीले ७० रुपैयाँ प्रतिकेजी मूल्यमा चिनी बिक्री गरिरहेका छन् । तर साल्ट ट्रेडिङले भने मूल्य निर्धारण नभएको भन्दै चिनीको गोदाम बनाएर मात्रै राखेको छ । एकहप्ता अघि एक ट्रक चिनी साल्ट ट्रेडिङले बनेपा झारेको थियो । तर बिक्री गरेको छैन । “चिनी नभएको होइन् छ, वितरण कक्षमा बसेका एक कर्मचारीले भने तर कत्ति मूल्यमा बिक्री गर्ने भन्ने कुनै जानकारी आएको छैन् । त्यसैले चिनी किन्न आएका उपभोक्ता खालि हात फर्किएका हुन् ।”

अहिले गोदाम बनाएर राखेको चिनी कहिले बेच्ने त ? उपभोक्ताको प्रश्नमा ती कर्मचारीले भने “अब घाटा खाएर बेच्ने कुरा आउँदैन्, उताबाट मूल्य निर्धारण भएर आउने बित्तिकै बिक्री हुन्छ । तपाईहरुले अहिले देखेको भन्दा धेरै चिनी बिक्री हुने समय हो यो, तर हामी आफै पनि समस्यामा परेका छौँ ।”

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ७ : १२ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै