२०८२, ९ भाद्र मंगलबार

पाथिभाराको दर्शन गरौं, राशिफल वि. सं.२०७५ साल असोज २७ गते शनिबार इश्वी सन् २०१८ अक्टोबर १३ तारिख

पाथिभाराको दर्शन गरौं, राशिफल वि. सं.२०७५ साल असोज २७ गते शनिबार इश्वी सन् २०१८ अक्टोबर १३ तारिख


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पहिलेको समस्या दोहोरिने र अर्थ अभावले सताउने समय छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। सानातिना काममा अल्झनुपर्दा चिताएको काममा बाधा हुनेछ। चुनौतीहरूसँग सम्झौता गर्नुपरे पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। कामबाट आम्दानी भइरहनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा पनि मनग्गे फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धात्मक क्रियाकलापमा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभचिन्तकहरूले साथ दिनेछन् भने चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। तर हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। सुरुमा काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बेसुरमा वचन दिने बानीले समस्या पर्न सक्छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रयत्न गर्दा असमझदारीका बीच पनि साझेदारी जम्न सक्छ। बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्यालाई पनि सुल्झाउन सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा रोकिएको काम समेत बन्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विभिन्न अवसर जुट्नेछन् भने सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। अग्रजहरूको साथ जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले अवसर दिलाउनेछ भने निरन्तर लागिपर्दा अप्ठ्यारो काम पनि सम्पादन हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। नियमित रूपमा आम्दानी भइरहनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ। व्यापारमा राम्रै फाइदा हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तापनि, लागेको मूल्य उठाउन सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। कामको लागत बढ्न सक्छ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश भने घट्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतीक्षित नतिजाले काममा हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने ग्रहयोग पनि छ। पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशेष उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अरूलाई प्रभावित पारेर पनि काम बनाउने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समयमा होसियार बन्न नसक्दा केही चुनौती आइलाग्नेछन्। तापनि, बिस्तारै भाग्यले साथ दिनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ६ : ५६ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको