२०८२, १४ माघ बुधबार

पार्टी एकता भएपछि ऐतिहासिक काम : प्रचण्ड

पार्टी एकता भएपछि ऐतिहासिक काम : प्रचण्ड


ललितपुर, २६ असोज : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ ।

नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गर्नुभयो ।

उहाँले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिनुभयो । अर्को प्रसङ्गमा काठमाडौँको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिष्ट पार्टी सफल हुनुपर्ने धारणा राख्नुभयो ।

नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले सजग हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : ३४ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार