२०८२, ११ मंसिर बिहीबार

जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको हो : मन्त्री अर्याल

जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको हो : मन्त्री अर्याल


स्याङ्जा, २६ असोज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको रहेको बताउनुभएको छ ।

स्याङ्जा वालिङस्थित मालपोत कार्यालय भवनको शिलान्यास गर्दै उहाँले देशभरिका मालपोत कार्यालयमा रहेका लिखत धमिरा लागेर पूरै टुक्राटुक्रा भएको अवस्थामा रहेकाले त्यसलाई स्क्यानिङ गरेर राख्ने गृहकार्यमा सरकार लागेको बताउनुभयो ।

मन्त्री अर्यालले सबै मालपोत कार्यालयलाई आइटी प्रणालीमा लौजने र यसलाई डिजिटलमा ढालेर जनताको सम्पत्ति रक्षा गर्ने अभियानका साथ मन्त्रालय अगाडि बढेको चर्चा गर्दै सार्वजनिक जग्गामाथि कर्केनजर लगाउने र अनेक ढङ्गले सार्वजनिक जग्गा कब्जा गरेर आफ्नो नाममा ल्याएको सूचना आउने वित्तीकै सिधै खारेज हुने कानून बनाउन लागिएको जानकारी दिनुभयो ।

सार्वजनिक जग्गा कब्जा गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताउँदै उहाँले भूउपयोग नीति अन्तिम चरणमा पुगेको छ भन्नुभयो । मन्त्री अर्यालले भन्नुभयो, “पाँच वर्षभित्रमा सुकुम्बासी समस्या समाधान गरिनेछ ।”

यसैगरी मन्त्री अर्यालले आजै वालिङस्थित मालपोत कार्यालयको अनलाइन सेवाको शुभारम्भ गर्नुभयो । पहिलो सेवाग्राही जीवनाथ पौडेल र गीताकुमारी पौडेललाई संगोलमा जग्गाधनी पुर्जा हस्तान्तरण गरेर अनलाइन सेवाको उहाँले शुरुवात गर्नुभएको हो ।

मालपोत कार्यालयको भवन रु पाँच करोड ६० लाख दुई हजार ३८४ को लागतमा निर्माण हुन लागेको मालपोत कार्यालय वालिङले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ६ : ३९ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री