२०८३, २२ बैशाख बुधबार

भ्रष्टाचार र अनियमितता विकासको बाधक : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

भ्रष्टाचार र अनियमितता विकासको बाधक : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ


दमौली, २६ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार र अनियमितताले मुलुकको विकास हुन नसकेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति तनहुँले आज बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले भ्रष्टाचार र अनियमितता मौलाउँदा मुलुकको विकास सोचे जस्तो हुन सकेको छ्रैन् भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले दुई वर्षे योजना बाह्र÷तेह्र वर्षसम्म पनि सम्पन्न हुन नसक्नु र विनियोजित बजेटको सही सदुपयोग हुन नसक्नु जस्ता कारणले मुलुकको विकास पछाडि परेको उल्लेख गर्दै “सडक खन्नका लागि मात्रै बजेट विनियोजन गर्ने होइन, पिछडिएका जनताको आर्थिकस्तर उकास्ने कार्यक्रममा समेत बजेट खर्च गर्नुपर्छ”, भन्नुभयो ।

प्रदेश र स्थानीय तहलाई सङ्घीय सरकारले अधिकार कम दिएको गुनासो गर्दै उहाँले आफूले प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर आवाज उठाइरहेको बताउनुभयो । “बेलाबेलामा प्रधानमन्त्रीलाई यस विषयमा भन्ने गरेको छु, तर कतिपयलाई आफ्नै पार्टीका प्रधानमन्त्रीसँग किन झगडा गरेको भन्ने लागिरहेको छ”, उहाँले भन्नुभयो, “त्यो झगडा होइन अधिकार मागेको हो ।”

मुख्यमन्त्री गुरुङले राजश्व उठाउने अधिकार नहुँदा प्रदेश र स्थानीय सरकार कमजोर भएको बताउँदै यसबारेमा सङ्घीय सरकारले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य केदार सिग्देलले स्थानीय तहमा बजेट कम भएको गुनासो गर्नुभन्दा पनि बजेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँलाई समृद्ध बनाउन सबै राजनीतिक दलबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले जनप्रतिनिधिले निरासाजनकभन्दा पनि आशावादी भएर जनतामुखी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य आशा कोइराला, रामबहादुर गुरुङ, डोवाटे विक, सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङलगायतले मुलुकको विकास र समृद्धिका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औल्याउँनुभयो ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ६ : २६ बजे

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई