२०८२, १९ भाद्र बिहीबार

भ्रष्टाचार र अनियमितता विकासको बाधक : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

भ्रष्टाचार र अनियमितता विकासको बाधक : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ


दमौली, २६ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार र अनियमितताले मुलुकको विकास हुन नसकेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति तनहुँले आज बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले भ्रष्टाचार र अनियमितता मौलाउँदा मुलुकको विकास सोचे जस्तो हुन सकेको छ्रैन् भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले दुई वर्षे योजना बाह्र÷तेह्र वर्षसम्म पनि सम्पन्न हुन नसक्नु र विनियोजित बजेटको सही सदुपयोग हुन नसक्नु जस्ता कारणले मुलुकको विकास पछाडि परेको उल्लेख गर्दै “सडक खन्नका लागि मात्रै बजेट विनियोजन गर्ने होइन, पिछडिएका जनताको आर्थिकस्तर उकास्ने कार्यक्रममा समेत बजेट खर्च गर्नुपर्छ”, भन्नुभयो ।

प्रदेश र स्थानीय तहलाई सङ्घीय सरकारले अधिकार कम दिएको गुनासो गर्दै उहाँले आफूले प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर आवाज उठाइरहेको बताउनुभयो । “बेलाबेलामा प्रधानमन्त्रीलाई यस विषयमा भन्ने गरेको छु, तर कतिपयलाई आफ्नै पार्टीका प्रधानमन्त्रीसँग किन झगडा गरेको भन्ने लागिरहेको छ”, उहाँले भन्नुभयो, “त्यो झगडा होइन अधिकार मागेको हो ।”

मुख्यमन्त्री गुरुङले राजश्व उठाउने अधिकार नहुँदा प्रदेश र स्थानीय सरकार कमजोर भएको बताउँदै यसबारेमा सङ्घीय सरकारले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य केदार सिग्देलले स्थानीय तहमा बजेट कम भएको गुनासो गर्नुभन्दा पनि बजेटको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँलाई समृद्ध बनाउन सबै राजनीतिक दलबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले जनप्रतिनिधिले निरासाजनकभन्दा पनि आशावादी भएर जनतामुखी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य आशा कोइराला, रामबहादुर गुरुङ, डोवाटे विक, सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङलगायतले मुलुकको विकास र समृद्धिका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औल्याउँनुभयो ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ६ : २६ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना