२०८२, २२ कार्तिक शुक्रबार

दशैको पूर्वसन्ध्यामा मदिरा नियन्त्रणमा जुट्यो रामेछापको खाँडादेवी गाउँपालिका

दशैको पूर्वसन्ध्यामा मदिरा नियन्त्रणमा जुट्यो रामेछापको खाँडादेवी गाउँपालिका


रामेछाप, २६ असोज : खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान सञ्चालन शुरु भएको छ । अवैधरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत प्रहरी गस्ती परिचालन, महिला समूह परिचालन, चेतनामूलक कार्यक्रम सञ्चालन, मदिरा बिक्री वितरणका लागि लिएको अनुमतिको प्रमाणपत्र अनुगमनलगायतका काम हुने खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाले गाँजा नियन्त्रण अभियान पनि जारी राखेको छ । बिहीबार राकाथु क्षेत्रमा गाँजा नियन्त्रण गरिएको थियो । चाडपर्वको पूर्वसन्ध्या चलाइएको अभियानले शान्ति सुरक्षामा सहयोग पुग्ने स्थानीयबासीको बुझाई छ ।

लागूऔषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्षसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाको बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणले सामाजिक समस्या सिर्जना गरेपछि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । अभियानअन्तर्गत गाउँपालिकाको बजार अनुगमनलगायतका काम हुने छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी, रामेछापले मन्थली नगरपालिका–१ का जोखिम वर्गमा सूचीकृत नौ जनालाई थप रु ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त रकमको चेक लाभग्राहीलाई हस्तान्तरण गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले पुनःनिर्माण कार्यमा वृद्धवृद्धाले गरेका प्रयासको सह्राना गर्दै यही सक्रियताले पुनःनिर्माण कार्यले गति लिएको बताउनुभयो ।

जोखिममा परेका लाभग्राही पहिचानसम्बन्धी कार्यविधि २०७४ ले ७० वर्ष माथिका वृद्धवृद्धा, ६५ वर्ष नाघेका अशक्त एकल महिला, दृष्टिबिहीन, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्ग लाभग्राहीका रूपमा परिभाषित गरेको छ । जिल्लामा पहिलो पटक उक्त रकम हस्तान्तरण गरिएको रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
–तुल्सीदेवी श्रेष्ठ

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  १० : ०२ बजे

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत