२०८२, १६ चैत्र मंगलबार

दशैको पूर्वसन्ध्यामा मदिरा नियन्त्रणमा जुट्यो रामेछापको खाँडादेवी गाउँपालिका

दशैको पूर्वसन्ध्यामा मदिरा नियन्त्रणमा जुट्यो रामेछापको खाँडादेवी गाउँपालिका


रामेछाप, २६ असोज : खाँडादेवी गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान सञ्चालन शुरु भएको छ । अवैधरूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण बढेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत प्रहरी गस्ती परिचालन, महिला समूह परिचालन, चेतनामूलक कार्यक्रम सञ्चालन, मदिरा बिक्री वितरणका लागि लिएको अनुमतिको प्रमाणपत्र अनुगमनलगायतका काम हुने खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाले गाँजा नियन्त्रण अभियान पनि जारी राखेको छ । बिहीबार राकाथु क्षेत्रमा गाँजा नियन्त्रण गरिएको थियो । चाडपर्वको पूर्वसन्ध्या चलाइएको अभियानले शान्ति सुरक्षामा सहयोग पुग्ने स्थानीयबासीको बुझाई छ ।

लागूऔषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्षसमेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाको बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणले सामाजिक समस्या सिर्जना गरेपछि अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । अभियानअन्तर्गत गाउँपालिकाको बजार अनुगमनलगायतका काम हुने छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी, रामेछापले मन्थली नगरपालिका–१ का जोखिम वर्गमा सूचीकृत नौ जनालाई थप रु ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त रकमको चेक लाभग्राहीलाई हस्तान्तरण गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले पुनःनिर्माण कार्यमा वृद्धवृद्धाले गरेका प्रयासको सह्राना गर्दै यही सक्रियताले पुनःनिर्माण कार्यले गति लिएको बताउनुभयो ।

जोखिममा परेका लाभग्राही पहिचानसम्बन्धी कार्यविधि २०७४ ले ७० वर्ष माथिका वृद्धवृद्धा, ६५ वर्ष नाघेका अशक्त एकल महिला, दृष्टिबिहीन, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्ग लाभग्राहीका रूपमा परिभाषित गरेको छ । जिल्लामा पहिलो पटक उक्त रकम हस्तान्तरण गरिएको रेडक्रस सोसाइटी रामेछापका सभापति शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
–तुल्सीदेवी श्रेष्ठ

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  १० : ०२ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा