२०८२, ७ चैत्र आईतबार

दाङको कोइलावासको रामजानकी मन्दिर ओझेलमा

दाङको कोइलावासको रामजानकी मन्दिर ओझेलमा


दाङ, २६ असोज पर्यटनको राम्रो सम्भावना बोकेको दाङको धार्मिक सम्पदा रामजानकी मन्दिर ओझेलमा परेको छ । करीब आठ दशक पहिले निर्माण भएको साविक कोइलावास गाविसमा पर्ने गढवा गाउँपालिका–८मा रहेको रामजानकी मन्दिर नेपालको जनकपुरपछिको दोस्रो स्थानमा पर्ने बताइन्छ ।

मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार नहँुदा ओझेल परेको कोइलावासवासीले बताएका छन् । सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि हाल पर्यटक न्यून रहेको हुन थालेको छ ।

मन्दिरमा पहिले दैनिक एक सय बढी भारत तथा नेपालका अन्य स्थानबाट पर्यटक आउने गर्थे, हाल पर्यटक शून्यप्राय रहेको स्थानीय फरिद सिद्धिकीले बताउनुभयो ।

मन्दिरमा पहिले शरद पूर्णिमा र कृष्ण जन्माष्टीमा कृष्णलीला सात दिनसम्म धुमधामका साथ मनाउने गरिन्थ्यो भने रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठानल तथा भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउँथे ।

मन्दिरमा हाल नान्हकप्रसाद शुक्लाले दैनिक पूजापाठ र संरक्षण गर्नुहुन्छ । कुनै बेला नेपालको मुख्य नाकाका रूपमा रहेको कोइलावासमा दैनिक पाँच सयदेखि ७५० मानिस त्यहाँ टाढाटाढाबाट नुन, तेल किन्नका लागि जाने गर्दथे ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : ४४ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको