२०८२, २४ कार्तिक आईतबार

दाङको कोइलावासको रामजानकी मन्दिर ओझेलमा

दाङको कोइलावासको रामजानकी मन्दिर ओझेलमा


दाङ, २६ असोज पर्यटनको राम्रो सम्भावना बोकेको दाङको धार्मिक सम्पदा रामजानकी मन्दिर ओझेलमा परेको छ । करीब आठ दशक पहिले निर्माण भएको साविक कोइलावास गाविसमा पर्ने गढवा गाउँपालिका–८मा रहेको रामजानकी मन्दिर नेपालको जनकपुरपछिको दोस्रो स्थानमा पर्ने बताइन्छ ।

मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार नहँुदा ओझेल परेको कोइलावासवासीले बताएका छन् । सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरे पनि हाल पर्यटक न्यून रहेको हुन थालेको छ ।

मन्दिरमा पहिले दैनिक एक सय बढी भारत तथा नेपालका अन्य स्थानबाट पर्यटक आउने गर्थे, हाल पर्यटक शून्यप्राय रहेको स्थानीय फरिद सिद्धिकीले बताउनुभयो ।

मन्दिरमा पहिले शरद पूर्णिमा र कृष्ण जन्माष्टीमा कृष्णलीला सात दिनसम्म धुमधामका साथ मनाउने गरिन्थ्यो भने रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठानल तथा भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउँथे ।

मन्दिरमा हाल नान्हकप्रसाद शुक्लाले दैनिक पूजापाठ र संरक्षण गर्नुहुन्छ । कुनै बेला नेपालको मुख्य नाकाका रूपमा रहेको कोइलावासमा दैनिक पाँच सयदेखि ७५० मानिस त्यहाँ टाढाटाढाबाट नुन, तेल किन्नका लागि जाने गर्दथे ।

प्रकाशित मिति : २०७५, २६ आश्विन शुक्रबार  ९ : ४४ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा