२०८२, १ माघ बिहीबार

अर्जुनचौपारी-पर्वत सडक कालोपत्रे गरिने

अर्जुनचौपारी-पर्वत सडक कालोपत्रे गरिने


स्याङ्जा, २५ असोज भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले अर्जुनचौपारी हुँदै पर्वत जाने सडक कालोपत्रे गरिने प्रतिबद्घता जनाउनुभएको छ ।

अर्जुनचौपारी गाउँपालिकास्थित दरौंँखोलामा मोटर जाने पुलको उद्घाटन गर्दै उहाँले विकासलाई तीव्रता दिइने बताउनुभयो । उहाँले अर्जुनचौपारीस्थित दरौँखोलामा रु पाँच करोड २२ लाख ९२ हजार ४०३ लागतमा निर्माण गरिएको पुलको उद्घाटन गर्नाका साथै अर्जुनचौपारी हुँदै पर्वत जोड्ने बाटाको समेत शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले भारतीय पेन्सनरलाई पनि वृद्घभत्ता दिने बताउँदै सरकारले सबै प्रक्रिया पूरा गरेकालाई सामाजिक भत्ता उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँका अनुसार अर्जुनचौपारी– आग्रीखर्क  पर्वत जोड्ने बाटाका लागि रु ११ करोडको बोलपत्र आह्वान गरिसकिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण मरासिनी र प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ९ : २२ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना