२०८२, ९ भाद्र मंगलबार

नेपाली सेना सक्रिय बन्दैं संविधान विरोधी तत्व निगरानीमा छ प्रधानसेनापति

नेपाली सेना सक्रिय बन्दैं संविधान विरोधी तत्व निगरानीमा छ प्रधानसेनापति


काठमाडौँ, २५ असोज नेपाली सेनाले विखण्डनवादी र संविधान विरोधी तत्वको निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर कार्यसम्पादन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताउनुभयो ।

गत भदौ २४ गते प्रधानसेनापतिको कार्यभार सम्हालेपछि पहिलोपटक आज सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले राष्ट्रको राष्ट्रिय सेनालाई सुदृढ, सबल र सक्षम तुल्याउन आफू दृढ रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानसेनापति थापाले भन्नुभयो, “सात वटा साङ्गठनिक लक्ष्य र १५१ वटा कार्य योजना लिएर नेपाली सेनालाई पूर्ण व्यावसायिक बनाउन आफू प्रतिबद्ध रहेको छु, अब भनसुन र आफन्तवादको अन्त्य हुन्छ, प्रक्रिया र पद्धतिविपरीत कुनै काम हुँदैन ।”

संस्थागत हित र स्वार्थलाई सर्वोपरि मानेर काम गर्ने प्रण गर्दै उहाँले व्यक्तिगत स्वार्थ सकलदर्जामा हाबी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानसेनापति थापाले नागरिक सर्वोच्चतालाई नेपाली सेनाले स्वीकार गरेको तथा सैनिकको व्यवसायिकीकरण नै आफ्नो मूल मुद्दा भएको दोहो¥याउँदै कार्यसम्पादनका आधारमा सकल दर्जाको मूल्याङ्कन हुने र राष्ट्रिय सुरक्षामा प्रत्यक्ष असर पुग्ने कुनै किसिमका गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

शान्तिकालमा हरेक देशका सैन्य विकास–निर्माणका काममा जुटेका दृष्टान्त प्रस्तुत गर्दै उहाँले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण नेपाली सेनाको प्राथमिकताको परियोजना भएको र त्यसलाई निर्धारित समयमा पूरा गर्न अहोरात्र खटिने स्पष्ट पार्नुभयो ।

एक जिज्ञासाका जवाफमा प्रधानसेनापतिले सरकारी निर्णयअनुसार बिम्स्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाबाट उच्च तहमा प्रतिनिधित्व नभएको स्पष्ट गर्नुभयो । सैनिक कल्याणकारी कोष र अन्य कल्याणकारी गतिविधिलाई पूर्ण पारदर्शी तुल्याइने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ७ : ०८ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको