२०८२, १६ चैत्र मंगलबार

दशैं टिकटमा मनलाग्दी: कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

दशैं टिकटमा मनलाग्दी: कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल


काठमाडौं, असोज २५: गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो ।

घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो– ‘के गर्नु अग्रिम टिकट पूरै प्याक छ भनेर जवाफ पाएँ । अब क्याबिनमा मात्रै सिट छ रे ? क्याबिनमा त सात जनासम्म राख्छ । पोहोर पनि दुःख पाएको हुँ क्याबिन भनेर ।’ रोल्पा लिवाङ जाने तयारीमा रहेका पाण्डे पनि केही समय अलमलिए तर, टिकट पाएनन् असोज २९ को । अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन । त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टा अघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले जनाएका छन् ।

दशैं नजिकिँदै गर्दा टिकटमा मनलाग्दी हुने गरेको पाइएको छ । टिकट काउन्टरमा बस्दै आएकाले आफन्तीलाई फोनको भरमा टिकट दिने गरेका छन् । टिकट काउन्टरका कर्मचारीसँग परिचित नभएका यात्रुले सहज रुपमा टिकट पाउन सकेका छैनन् । नेपाल समाचारपत्रको टिम बसपार्क पुग्दा टिकट काउन्टरमा कार्यरत कर्मचारीले फोन आएकै भरमा आफ्नो सर्टको गोजीबाट पाँचवटा अग्रिम टिकट आफ्ना नजिकका मान्छेलाई उपलब्ध गराएका थिए ।

१६ लाख यात्रु राजधानी बाहिरिए
यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा सामुदायिक सेवा केन्द्र र प्रहरीको संयुक्त टोली खटिएको छ । तर सो टोलीले पनि खासै उपलब्धिमूलक काम हुन सकेको छैन । दुःख पाउनेहरुले दुःख पाएकै छन् ।

महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहनकुमार केसीले नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘प्रहरी टोलीले यात्रुहरुका गुनासा सम्वोधन गरिरहेको छ । चोरी, पाकेटमार नहोस् भनेर बसपार्क क्षेत्रमा कडा निगरानी गरेका छौं । नागरिक सहायता कक्षमा दैनिक एक हजार जनासम्म आजभोलि आउने गर्नुभएको छ ।’ विगतमा जस्तो यस वर्ष घटनाहरु नघटेको उहाँको भनाइ छ ।

यसैबीच १६ लाख यात्रुहरु राजधानी बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव सुरेन्द्र सिटौलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेसम्म राजधानीबाट ७० प्रतिशत बाहिरिएका छन् । सरकारले गरेको बिदा कटौती, काउन्टरमा गएर एकै ठाउँमा सोध्ने प्रवृत्ति भएका कारण पनि टिकट नपाइएको हुन सक्छ । तर, टिकट सजिलै पाइन्छ ।’

दशैंको समयमा गाडीहरु थप नगरेको तर, पश्चिममा चल्ने सवारीहरुको संख्या केही बढाइएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सचिव सिटौलाले बताउनुभयो । यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीको संयोजकत्वमा २२ सदस्यीय अनुगमन टोली खटाइएको छ । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले गत असोज १० देखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

मंगलबारदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला भएको छ । दशैंका लागि भन्दै यातायात व्यवस्था विभागले जुनसुकै रूटका सार्वजनिक सवारी साधनलाई ३१ असोजसम्म निर्वाध रूपमा देशभरि सञ्चालन गर्न दिन रूट परमिट खुला गरेको हो ।
-नेपाल समाचार पत्र

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ६ : २३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा