२०८१, २८ फाल्गुन बुधबार

दसैँ लाग्यो : दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै

दसैँ लाग्यो : दैनिक एक लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै


काठमाडौं, असोज २५: दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाखजनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ । मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए । बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए ।

दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । विगतको तुलनामा धेरै गुनासो नआएको प्रहरीले जनाएको छ ।

टिआरएस टोली परिचालन
ट्राफिकको आँखा छलेर नियम मिच्नेलाई कारबाही गर्न र कुनै पनि घटनामा तत्काल पुग्न उपत्यकामा ‘ट्राफिक ¥यापिड स्क्वाड’(टिआरएस) गठन गरी परिचालन गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक महाशाखामा टिआरएसको बुधबार उद्घाटन गरेका छन् । यस कार्यक्रमअन्तर्गत ट्राफिक र जनपथ प्रहरीले मोटरसाइकलमा गस्ती गर्नेछन् । कतै कुनै घटना भएलगत्तै उनीहरू त्यहाँ पुग्नेछन् । गल्लीहरूमा ट्राफिक नियम मिच्नेहरूलाई पनि सो टोलीबाट कारबाही गरिने योजना रहेको एसएसपी वसन्त पन्तले बताए ।

यस्ता टोली दुईवटा मोटरसाइकलमा चार प्रहरी हुनेछन् । कार्यक्रममा महानिरीक्षक खनालले ट्राफिक प्रहरी र जनपथ प्रहरीले एक–आपसमा समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्ने बताए । खनालले व्यवहार, बोली र कार्यशैलीमा उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिएका छन् ।
-नयाँ पत्रिका

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ६ : १८ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,