२०८२, १६ मंसिर मंगलबार

खानेपानी समस्या समाधान गर्न कार्यदल

खानेपानी समस्या समाधान गर्न कार्यदल


काठमाडौँ, २४ असोज : खानेपानी मन्त्रालयले देशभरिको खानेपानीसम्बन्धी समस्या तथा गुनासोको सम्बोधन गर्न विशेष कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा आज बसेको बैठकले खानेपानीसम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागको सम्बोधन गर्न छ सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएको कार्यदलमा अर्थशास्त्री कमलकान्त पौडेल, इञ्जिनियर सुष्मा काफ्ले र सचिवालयका तर्फबाट प्रेस संयोजक शुकदेव चापागाईं, सुन्दर चौधरी एवं इन्द्रसिंह बुडाल रहनुभएको सचिव ठाकुरले राससलाई जानकारी दिनुभयो ।

कार्यदलले मन्त्रालयमा आएका समस्या तथा गुनासालाई वर्गीकरण गरी समाधान गर्न सम्बन्धित निकायलाई ताकेता गर्ने जनाइएको छ । मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासा माग गरेको थियो । सोही सूचनाका आधारमा हजारौँ समस्या तथा माग मन्त्रालयले सङ्कलन गरेको छ ।

खानेपानीमन्त्री बिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानीसम्बन्धी गुनासो एवं समस्या माग गरेको थियो । प्राप्त मागको यथोचित सम्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजनासहित काम अघि बढाउने गरी मन्त्रालय लागिपरेको सचिव ठाकुरले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : ३४ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी