२०८२, १६ चैत्र मंगलबार

धादिङमा बस पल्टियो : ७ जना घाइते, एकको अवस्था गम्भीर

धादिङमा बस पल्टियो : ७ जना घाइते, एकको अवस्था गम्भीर


धादिङ, २४ असोज : नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय शिव कसाईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । धादिङबेशीबाट आरुघाट सल्यानटार जाँदै गरेको अवस्थामा ना ४ ख ५६३९ नम्वरको बस अनियन्त्रित भई बस पल्टेको उहाँले बताउनुभयो ।

त्यस्तै, दुर्घटनामा परि सिन्धुली जिल्ला दुधौली नगरपालिका –३, का १८ वर्षीय अनिल अधिकारी, बारा जिल्ला बेलडाडीका ६५ वर्षीय रामदोनी महतो, बारा जिल्ला बेलडाडीकै ३८ वर्षीय नन्दकिशोर महतो, भारत गोरखपुरका ३० वर्षीय सतिश शर्मा लगायत ७ जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको प्रहरी उपरीक्षक विकले बताउनुभयो । सवारी चालक फरार रहेकोे र खोजी कार्य भैरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ५ : ४० बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा