२०८२, ९ भाद्र मंगलबार

क्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा

क्याम्पसको आम्दानी कर्मचारीको पोल्टामा


जनकपुर, २४ आश्विन : जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन ।

जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान दिएका थिए ।

त्यसैगरी, जानमुन सिंहले धनुषाको दुरबकोट हथलेटवामा चार बिघा १३ कट्ठा, रामचन्द्र साहले जनकपुरमा सात कठ्ठा १६ धुर, तुलसी गिरीले सात कठ्ठा १६ धुर र गुठी संस्थानले पाँच बिघा जग्गा क्याम्पसलाई दान दिएका थिए । तर, जग्गाको आम्दानी क्याम्पसमा दाखिला नभएको वर्षौँ भइसकेको छ । नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : ५२ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको