२०८३, २५ आश्विन सोमबार

अखाद्य पदार्थ मिसाउनेलाई कडा कारवाही हुन्छ – कृषिमन्त्री

अखाद्य पदार्थ मिसाउनेलाई कडा कारवाही हुन्छ – कृषिमन्त्री


काठमाडौँ २३ असोज : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ, हदैसम्मको कारवाही गर्न सरकार तत्पर छ । वर्षभरि नै दूध, तेल र पानीमा स्वच्छता अभियान सञ्चालन गरिएको छ ।”

आज यहाँ आयोजित ‘समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य’ विषयक विचार गोष्ठीमा मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलबाड गर्ने छुट कसैलाई नभएको बताउनुभयो । मुख्य शहरमध्ये झण्डै ५० लाख मान्छेको बसोबास भएको काठमाडौँमा अखाद्य वस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उहाँको भनाइ छ । अनुगमन र कडाइपछि अहिले दूध ढुक्कले खान मिल्ने अवस्थामा पु¥याएको भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताउनुभयो ।

“अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन”, मन्त्री खनालले भन्नुभयो, “राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य वस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।” अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी उद्योगमा तालाबन्दी गरिएको पनि मन्त्री खनालले जानकारी दिनुभयो ।

यस्तै उहाँले हाल कृषि क्षेत्रको अवस्था दयनीय भएको पनि बताउनुभयो । दुई करोड ८० लाखको दुई तिहाइ अर्थात् झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनीय भएको उहाँको भनाइ छ ।

“सामान्य गमलामा छर्केको भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ”, मन्त्री खनालले भन्नुभयो, “तर हामी वार्षिक रु १३ करोडको धनियाँ विदेशबाट आयात गर्छौं ।” त्यस्तै रु एक खर्ब २५ अर्बको धान चामल आयात हुने गरेको छ । “कृषि प्राथमिकतामा परेन, यसलाई उल्टाउनुपर्छ, उल्टोबाट सुल्टो बाटोमा ल्याउनुपर्छ ।” खनालले भन्नुभयो, “त्यसका लागि सरकारको सोचाइ बद्लिनुपर्छ, मन्त्रालयले केही राम्रा कार्यक्रम पनि ल्याएको छ ।”
-रासस

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : ३८ बजे

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र

प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन : ‘नैतिकता र निष्ठामा सम्झौता नगर्नू’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवालाई प्रभावकारी, निष्पक्ष र

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको