२०८२, ८ फाल्गुन शुक्रबार

कर्णाली प्रदेशसभाको ३८औँ बैठक स्थगित

कर्णाली प्रदेशसभाको ३८औँ बैठक स्थगित


सुर्खेत, २३ असोज : कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको ३८औँ बैठक स्थगित भएको छ । बैठक सञ्चालन भएको तीन मिनेटमै प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले अहिलेसम्म बजेटको रातो किताब, हालसम्म भएका गतिविधि सार्वजनिक नगरेको भन्दै बैठकमा विरोध जनाउनुभयो । सभा सदस्य श्रेष्ठले अहिलेसम्म संसद्लाई बन्धक बनाइएको आरोप लगाउनुभयो ।

“लामो समय भयो । सरकारले रातो किताब उपलब्ध गराएको छैन”, उहाँले भन्नुभयो, “अतिआवश्यक विधेयकसमेत सरकारले नलल्याउँदा हामी सबै संसद् कामविहीन भएका छौँ ।” बजेट सञ्चालन कसरी भइरहेको छ भन्ने थाह नहुँदा जनप्रतिनिधिका हिसाबले जनतालाई जानकारी गराउनसमेत समस्या भएको उहाँको गुनासो थियो । सरकारको कामप्रति जनताको असन्तुष्टि रहेको भन्दै उहाँले अहिलेसम्म भए गरेका गतिविधिका बारेमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद् अवरुद्ध हुने चेतावनी दिनुभयो । डिजिटल प्रदेश भनिए पनि सबै जनता यसको पहुँचमा आउन नसकेको उहाँको टिप्पणी थियो ।

विधेयक प्रस्तुत हुन सकेन
आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदले बैठक अवरुद्ध गरेपछि “गाउँसभा तथा नगरसभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक, २०७५” सभामा प्रस्तुत हुन सकेन ।

उक्त विधेयक छलफलका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीकोतर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । अवरुद्ध बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : १७ बजे

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको

झण्डा जलाउनेहरूलाई जनताले निर्वाचनबाटै जवाफ दिनेछन् : महासचिव पोखरेल

काठमाडाैँ। नेकपा (एमाले) का महासचिव तथा दाङ क्षेत्र नम्बर २