२०८२, १६ चैत्र मंगलबार

नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु

नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु


नेपालगञ्ज, बाँके, २३ असोज: बडादशैँसँगै नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १३ बाँके बगियास्थित रामलीला मैदानमा मञ्चनको अन्तिम तयारी गरिएको छ । रामलीला क्षेत्रमा सरसफाइ, मैदान सम्याउने, संगीत प्रणाली जडान र त्रिपाल लगाउने काम सकिएकाले रौनक छाएको सञ्चालक समितिका महामन्त्री जगदीशप्रसाद वैश्यले बताउनुभयो ।

वृन्दावनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको २५ जनाको टोली आज नै नेपालगञ्ज आइसकेको छ । सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले रामलीलालाई व्यवस्थित गरी प्रभावकारी सञ्चालनका लागि सबै पक्षसँग सहयोगको आग्रह गर्नुभएको छ । बुधबार मञ्चनअघि शोभायात्रा गरिने रामलीला १५१ औँ शृङ्खलाका रुपमा शुरु हुँदैछ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : १३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा