२०८२, २१ कार्तिक बिहीबार

नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु

नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु


नेपालगञ्ज, बाँके, २३ असोज: बडादशैँसँगै नेपालगञ्जमा रामलीला मञ्चनको रौनक शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १३ बाँके बगियास्थित रामलीला मैदानमा मञ्चनको अन्तिम तयारी गरिएको छ । रामलीला क्षेत्रमा सरसफाइ, मैदान सम्याउने, संगीत प्रणाली जडान र त्रिपाल लगाउने काम सकिएकाले रौनक छाएको सञ्चालक समितिका महामन्त्री जगदीशप्रसाद वैश्यले बताउनुभयो ।

वृन्दावनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको २५ जनाको टोली आज नै नेपालगञ्ज आइसकेको छ । सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले रामलीलालाई व्यवस्थित गरी प्रभावकारी सञ्चालनका लागि सबै पक्षसँग सहयोगको आग्रह गर्नुभएको छ । बुधबार मञ्चनअघि शोभायात्रा गरिने रामलीला १५१ औँ शृङ्खलाका रुपमा शुरु हुँदैछ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : १३ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर