२०८३, २५ आश्विन सोमबार

कक्षाकोठा खोज्दै ल क्याम्पस, प्रमुखको कार्यकक्षमा नेविसङ्घको ताला

कक्षाकोठा खोज्दै ल क्याम्पस, प्रमुखको कार्यकक्षमा नेविसङ्घको ताला


काठमाडौँ, २३ असोज : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसमा स्नातक तह (एलएलबी) प्रथम वर्षमा क्षमताभन्दा करीब २० गुणाबढी विद्यार्थी भर्ना भएपछि कक्षाकोठा अभाव देखिएको छ । करीब ५०० क्षमता भएको उक्त क्याम्पसम अहिले स्नातक प्रथम वर्षमा १० हजार ८६० जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष ल क्याम्पसमा चार हजार २३८ विद्यार्थी भर्ना भएका थिए । त्रिवि कानून सङ्कायका डीन डा ताराप्रसाद सापकोटाले क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि पढाउनका लागि कक्षाकोठा खोजिरहेको बताउनुभयो ।

ल क्याम्पसमा चार वटा कक्षाकोठा मात्र स्नातक तह प्रथम वर्षमा पढाउनका लागि रहेको छ । उहाँले कक्षाकोठा उपलब्ध गराइदिनका लागि त्रिविका रजिष्ट्रार र रेक्टरसमक्ष पहल गर्नका लागि अनुरोध गरिएको बताउनुभयो । “चार वटा कक्षाकोठामा हामीले अहिले कक्षा सञ्चालन गरिरहेका छौँ । ती कक्षाकोठामा विद्यार्थीको भीड रहेको छ”, उहाँले भन्नुभयो, “प्राध्यापकसँग सँगै उभिएर विद्यार्थी पढिरहेका छन् ।”

काठमाडौँस्थित ल क्याम्पस मात्र नभएर उपत्यका बाहिर रहेका छ वटा त्रिविका आङ्गिक क्याम्पसमा पनि क्षमताभन्दा बढी नै विद्यार्थी सङ्ख्या भर्ना गरेका छन् । डीन डा सापकोटाका अनुसार सबभन्दा बढी नेपालगञ्जस्थित क्याम्पस एक हजार २०० र कम बुटवलस्थित क्याम्पसमा ७०० विद्यार्थी भर्ना भएका छन् ।  क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले त्रिवि केन्द्रीय क्याम्पससँग जग्गा मागी टहरा निर्माण गरी कक्षा सञ्चालन गर्ने तयारी गइरहेको जानकारी गराउनुभयो । “हामीले त्रिविसँग ५० रोपनी जग्गा माग गरेका छौँ । त्रिविले जग्गा उपलब्ध गराए भने दशैँपछि उक्त जग्गामा पढाउनका लागि टहरा बनाउनेछौँ”, उहाँले भन्नुभयो, “हामीले बिहान विद्यार्थीलाई पठाउँछौँ । दिउँसो र कक्षा सञ्चालन नभएका बेला त्रिविले उक्त टहरामा परीक्षासमेत सञ्चालन गर्न सक्नेछ ।”

एउटा कक्षामा २०० जना पढाउने गरी क्याम्पसले टहरा बनाउने तयारी गरेको छ । क्याम्पस प्रमुख कक्षाकोठाको अभावले अयन्त्र पढाई सञ्चालन गर्नुपर्दा बिहान दिउँसो र साँझ तीनै सिफ्टमा कक्षा सञ्चालन गरिने बताउनुभयो । एउटै सिफ्टमा सबै विद्यार्थीलाई पढाउन असम्भव भएपछि तीनै सिफ्टमा विद्यार्थीलाई पढाइने जानकारी गराउनुभयो । क्याम्पस प्रमुख डा पराजुलीले त्रिविसँगै क्याम्पस नजिकका विश्व भाषा क्याम्पस, रत्नराज्य क्याम्पस र सरस्वती क्याम्पसमा कक्षाकोठा मागेर पठाउने छलफल भइरहेको बताउनुभयो । यसैगरी करीब १० हजार ८६० जनाले भर्ना गरे तापनि करीब एक हजार जाना क्याम्पस आउने गरेका छन् । पहिलेको तुलनामा अहिले विद्यार्थी आउन थालेको क्याम्पस प्रमुख डा पराजुलीले जानकारी गराउनुभयो ।

प्रमुखको कार्यकक्षमा तालाबन्दी
नेपाल विद्यार्थी सङ्घले एलएलबी प्रथम वर्षमा भर्नाको समय थप्नुप¥यो भनेर क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । नेविसङ्घले असोज ९ गतेदेखि तालाबन्दी गरेका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले स्नातकोत्तर तह प्रथम सेमेष्टरको परीक्षाफल पुनरावलोकन माग गर्दै डीन कार्यालयमा असोज १० गतेदेखि तालाबन्दी गरेका छन् । विद्यार्थीको न्यूनतम अङ्क ‘वि प्लस’ र अधिकतम ‘ए’ र ‘ए माइन्स’ प्राप्ताङ आउने गरी परीक्षाफल आउने हुनुपर्ने माग राखेको डीन डा सापकोटाले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : ०९ बजे

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र

प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन : ‘नैतिकता र निष्ठामा सम्झौता नगर्नू’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवालाई प्रभावकारी, निष्पक्ष र

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको

हिम पर्वत हाइड्रोपावरको आईपीओ कात्तिक ११ देखि, स्थानीय र विदेशमा रहेका नेपालीले आवेदन दिन पाउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय