२०८२, १५ माघ बिहीबार

न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सामूहिक प्रयास जरुरी छ : प्रधानन्यायाधीश मिश्र

न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सामूहिक प्रयास जरुरी छ : प्रधानन्यायाधीश मिश्र


काठमाडौँ, २३ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सामूहिक प्रयासले मात्रै न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सकिने बताउनुभएको छ । सर्वोच्च अदालत निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले आज दशैँ, तिहार तथा छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयासबाट मात्र न्यायपालिकालाई स्वतन्त्र र सक्षम बनाउन सकिन्छ ।”

प्रधानन्यायाधीश मिश्रले न्यायपालिकाभित्र कर्मचारी र न्यायाधीश एउटै रथका यात्री भएकाले कुनै एक पक्षको अभावमा लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष प्रकाश पराजुलीले सेवाग्राहीको हितलाई ध्यानमा राखेर न्याय सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो ।

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष दलबहादुर बजिमय र सचिव हरि भट्टराईले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कर्मचारीको भूमिका अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ५७ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार