२०८२, २८ चैत्र आईतबार

सांसद मानन्धरले राजीनामा दिने

सांसद मानन्धरले राजीनामा दिने


काठमाडौँ, २३ असोज : प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आउनुभएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने सङ्केत गर्नुभएको छ । संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा उहाँले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको जानकारी दिनुभयो ।

सांसद मानन्धरले भन्नुभयो, “पार्टी नेतृत्वको दबबामा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको हूँ, आगामी दिनमा पनि पार्टीले गर्ने निर्णय र जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्नेछु ।” पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उहाँको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिने मनस्थिति बनाएको सांसद मानन्धरले जानकारी दिनुभयो ।

सांसद मानन्धरले भन्नुभयो, “हाम्रो सङ्गठन चुस्त छ, जनतालाई घरघरमा गएर आश्वस्त तुल्याएर उपनिर्वाचनमा सहजरुपमा जित हासिल गर्न सक्छौँ ।” पार्टीको सचिवालय बैठकले राजीनामा दिन अनुमति पाऊँ भनी आफूले दिएको निवेदनलाई अनुमोदन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेता गौतमको रोहवरमा राजीनामाका लागि लिखित निवेदन दिएको जानकारी दिनुभयो । तत्कालीन नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको दुई पटक वडाअध्यक्ष, २०७० सालको संविधानसभाको निर्वाचनमा सांसद भई जिम्मेवारी सम्हाली सक्नुभएका सांसद मानन्धर पार्टीभित्र परिपक्व राजनीतिज्ञको रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : ५४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४