२०८१, २८ फाल्गुन बुधबार

नेपाल टेलिकमले ल्यायो दसैँको अवसरमा अफरै अफर, ‘अब रिचार्ज गर्दा बोनस ‘

नेपाल टेलिकमले ल्यायो दसैँको अवसरमा अफरै अफर, ‘अब रिचार्ज गर्दा बोनस ‘


काठमाडौं, असोज २३। नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनससहितका अफर ल्याएको छ। असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने कम्पनीले जनाएको छ। १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यममार्फत रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १ हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यमबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ।

१० प्रतिशतको बोनस ३ दिन भित्र र १५ प्रतिशतको बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ। त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ।

दसैँका अवसरमा नेपाल टेलिकमको ‘प्याक’:
अनलिमिटेड प्याकः यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ। ६०० रुपैयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध हुनेछ।

सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी अफपिक आवर (राति १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ। सोही प्याक ७ दिन समयावधिका लागि ३ सय रुपैयाँमा पनि उपलब्ध हुनेछ।

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

भ्वाइस प्याक : यस अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ। एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ। भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ।

डाटा प्याक : यस अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ। सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ। अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

एडीएसएल/एफटीटीएच/वाइम्याक्स तर्फ :
आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ। यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने छ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ६ : २९ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,