२०८२, १६ चैत्र मंगलबार

डेंगु फैलिन नदिन अभियान सुरु

डेंगु फैलिन नदिन अभियान सुरु


भद्रपुर, २३ असोज: झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो ।

विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ । रोकथामका लागि नगरपालिकाका स्वास्थ्य शाखाले प्रत्येक वडामा अभियान शुरु गरेका छन् । घरदैलोमार्फत नगर क्षेत्रमा अभियानको शुरुआत गरिएको छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिले डेंगु रोग लाग्ने लार्भा नष्ट गर्न थालेका छन् । जमेको पानी पहिचान गरी लार्भा नष्ट गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका, कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको छ । मेचीनगर नगरपालिका–३ मा चार डेंगु रोगी फेला परेका थिए । उपचारपछि उनीहरू हाल स्वस्थ रहेको स्वास्थ्य शाखाका अधिकृत शशीकला राईले बताउनुभयो । गत वर्ष डेंगुका कारण पाँच सय बिरामी भएका थिए । केहीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ५३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा