२०८२, १६ चैत्र मंगलबार

घरमा कहिल्यै अशान्ति र दुख प्रवेश गर्न नदिन यी ८ कुरामा सधैँ ध्यान दिनुहोस्

घरमा कहिल्यै अशान्ति र दुख प्रवेश गर्न नदिन यी ८ कुरामा सधैँ ध्यान दिनुहोस्


बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन । बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ । घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारक तत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ । यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः

१. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

२. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

३. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।

४. घरमा सर९सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

५. घरमा परिवारको तस्विर राख्दा दक्षिण९पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

६. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।

७. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर९दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

८. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ३८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा