२०८२, १६ मंसिर मंगलबार

घरमा कहिल्यै अशान्ति र दुख प्रवेश गर्न नदिन यी ८ कुरामा सधैँ ध्यान दिनुहोस्

घरमा कहिल्यै अशान्ति र दुख प्रवेश गर्न नदिन यी ८ कुरामा सधैँ ध्यान दिनुहोस्


बास्तु शास्त्रका अनुसार विभिन्न कारणले घरमा केहि न केहि नराम्रो भइरहेको हुन्छ । बास्तु नमिल्दा घर परिवारमा अशान्ति भइरहेको पाइन्छ ।यदि घरमा बास्तु मिल्ने हो भने त्यो घरमा अशान्ति र दुख कहिल्यै हुदैँन । बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ । घरमा नराम्रो उर्जा पैदा गर्ने विभिन्न कारक तत्वहरुलाई बास्तुले निष्किृय तुल्याउँछ त्यसैले घरमा बास्तुलाई मिलाउनु अत्यन्तै जरुरी छ । यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः

१. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

२. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

३. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।

४. घरमा सर९सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

५. घरमा परिवारको तस्विर राख्दा दक्षिण९पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

६. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।

७. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर९दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

८. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ३८ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी