२०८२, ९ भाद्र मंगलबार

मण्डनदेउपुरले पाए पक्की विद्यालय भवन

मण्डनदेउपुरले पाए पक्की विद्यालय भवन


मण्डन देउपुर नगरपालिका वडा नं.११ जैसीथोक झगरेडाँडामा रहेको पंच कन्या आधारभूत विद्यालयले भुकम्प प्रतिरोधी चार कोठे दुई तले पक्की भवन पाएका छन्

जिल्ला आयोजना कार्यन्वयन इकाई काभ्रेका प्रमुख निर्मलकुमार घिमिरेले सोमबार मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवालाई विद्यालयको साँचो हस्तान्तरण गरी विद्यालय उद्घाटन गरेका थिए ।

प्रमुख वाईवाले उक्त साँचो विद्यालयका अध्यक्ष र प्रधानाध्पाकलाई हस्तान्तरण गरेका छन् । विद्यालय भवन पचपन्न लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

विद्यालय भवनको उद्घाटन गदै नगर प्रमुख टोकबहादुर वाईवाले भुकम्प प्रतिरोधी पक्की भवनमा विद्यार्थी र शिक्षक सुरक्षित ढंगले अध्ययन अध्यापन गर्न पाउने बताएका छन् । यसैगरी वाइवाले विद्यालय निर्माणमा विशेष सहयोग गर्ने जिल्ला आयोजना कार्यन्वयन इकाईका सव इन्जीनियर गणेशप्रसाद मैनालीको प्रसंसा समेत गरेका थिए ।

भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा डि एल पि आई यूका सव इन्जीनियर गणेशप्रसाद मैनाली, श्रेया झा र सुशान्त झा उपस्थीत भएका थिए ।
यसैगरी मण्डन देउपुर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष माधाव न्यौपाने र वडा नं. ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्यले शुभकामना मन्तव्य राख्दै अव विद्यालयले शैक्षिक गुणस्तर राम्रो बनाउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ११ : ०४ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको