२०८२, ९ भाद्र मंगलबार

आमाको चितामा ७ वर्षीय छोराको नजर ! सबै मलामीका आँखा रसाए

आमाको चितामा ७ वर्षीय छोराको नजर ! सबै मलामीका आँखा रसाए


बाँके । तस्बिरमा देखिएका नाबालक बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँका नरेन्द्र बिसी र लक्ष्मी बिसीका ७ वर्षीय छोरा हुन् ।

उनले एकतर्फी नियालिरहेको बलिरहेको आगो सामान्य आगो नभएर उनकी आमा लक्ष्मीको बलिरहेको चिताको हो । यो दृश्य सोमबार बिहानको हो । घरनजिकै रहेको किरणनाला घाटमा लक्ष्मीको मलामीमा पुगेका जोकोहीका पनि आँखा यो दृश्यले रसायो । ७ वर्षीय विपिनले आमा लक्ष्मीको पार्थिव शरीरमा दागबत्ती समेत दिए ।

आमाको मृत्युको बारेमा अञ्जान देखिएका विपिनले एकोहोरो आमाको बल्दै गरेको चितामा हेरिरहेपछि मलामीहरु सबैका आँखा रसाएका थिए । क्यान्सर रोगबाट पीडित ३७ वर्षीया लक्ष्मीको आइतबार राति निधन भएको हो ।
लक्ष्मीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् । – गोविन्द शर्मा र उज्यालो

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ८ : ४४ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको